काठमाडौं- जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको दशौं कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ। डा पदम नेपालीको नेतृत्वमा रहेको नवौं कार्यकारिणी समितिको १ वर्षे कार्यकाल सम्पन्न भएसँगै दशौं कार्यकारिणी समिति चयन भएको हो।
नयाँ कार्यकारिणी समितिको अध्यक्ष्यमा डा अच्युत शर्मा न्यौपाने चयन भएका छन्। सेसाइटीको उपाध्यक्ष्यमा डा बुद्दिनाथ साह, सचिवमा डा चन्दन चौधरी, सहसचिवमा डा पविन उपाध्याय,कोषाध्यक्ष्यमा डा नितेशकुमार रोय चयन भएका छन।
यसैगरी सदस्यहरुमा डा पुरन्जन थापा, डा सुब्रता पोखरेल,डा निराजन पराजुली, डा मनिष खनाल, डा शैलेन्द्र यादव, डा हेमन्त चौधरी, डा पूजा वीसी र डा मनोज आचार्य चयन भएका छन्।