काठमाडौं- सभामुख देवराज घिमिरेले संसद् अवरोधका बीच मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाएका छन्। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका हुन्।
सभामुख घिमिरेले पत्र पढिरहँदा कांग्रेस सांसद्हरुले भने वेल घेरेर बिरोध जनाइरहेका थिए। सभामुख घिमिरेले स्वास्थ्य मन्त्री प्रदिप यादव, स्वास्थ्य राज्य मन्त्री हसिना खान नियुक्त गरिएको पत्र पढेर सुनाएका हुन्।
उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समेत समय उपलब्ध गराएका थिए। तर, कांग्रेसले वेल घेरिरहेको अवस्थामा उनी अघि जान सकेनन्। दुई पक्षकै सांसद् वेलमा पुगेपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो। सभामुखले हतार-हतार बैठक स्थगित भएको बताए।