काठमाडौं- ६ दिनदेखि अनसनरत मेडिकल शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ। चार बुँदे माग राखेर अनसनमा बसेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको हो।
पशुपतिको मृगस्थलीमा आमरण अनशनरत डा केसीको अवस्थाका बिग्रिदै गएपछि शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लेको सल्लाहमा उनलाई अस्पताल ल्याइएको हो।
उनको शरीरमा ग्लुकोजको मात्रा न्युन रहेको, रक्तचाप घटेको समस्या देखिएपछि आकस्मिक रुपमा अस्पताल ल्याइएको हो।
अनसनको तीन दिनमा उनको शरीर शिथिल भएको, मांसपेशी दुख्ने, बाउँडिने र टाउको भारी हुने जस्ता समस्या आइसकेको उनका सहयोगीले बताएका छन्।
उनको र महिना अघि मात्रै शल्यक्रिया भएको थियो। निरन्तर अनसन र बढ्दो उमेरका कारण पनि उनको स्वास्थ्य जोखिममा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।