काठमाडौं- नेपालमा थप ९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २४ जना कोभिड(१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ३ सय ४० पुगेको छ। मन्त्रालयकाअनुसार बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ सय ७५ छ।