काठमाडौं– चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार राप्रपाले अग्रता बनाएको छ।
चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजार ९६९ मत ल्याएर अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेकी नर्स जिता बराल ६ हजार ४६६ मत ल्याएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुन्।
नेकपा माओवादीका डा भोजराज अधिकारी ६ हजार १६५ मत सहित तेस्रो स्थानमा छन्।
यस्तो छ ताजा परिणाम:
विक्रम पाण्डे (हलो): ९‚९६९
जीता बराल (घण्टी): ६‚४६६
भोजराज अधिकारी (हसिया हतौडा): ६१६५
दिनेश कोइराला (माछा): ४१४७
गणना गरिएको मत: २८‚७३८
२०७४ सालको निर्वाचनमा चितवन ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। यसपटकको निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी छन्।