काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई यसवर्ष पनि पुरस्कृत गर्ने भएको छ। मन्त्रालय अन्तर्गतको स्वास्थ्य करकोष सचिवालयले विश्व धुम्रपानरहित दिवसको अवसरमा आगामी ३१ मे का दिन स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार दिने भएको हो।
उक्त पुरस्कार लागि व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ। सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघसंस्थालाई उक्त पुरस्कार दिन लागिएको हो।
पुरस्कारका आकांक्षीले आगामी ६ जेठ भित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर कोष सचिवालयमा आवेदन पेश गर्न भनेको छ।