घामको विकिरणले छालामा असर गर्छ। छालाको उचित स्याहार नगरे चायाँ पोतोदेखि विभिन्न समस्या निम्तने गर्दछ।घामबाट हुन सक्ने असरलाई जोगाउन सनस्क्रिन महत्वपूर्ण मानिन्छ। तर आफूखुसी भन्दा पनि चिकित्सकको परामर्श र छाला अनुसार छनोट गरिएको सन्सक्रिनले राम्रो नतिजा दिन्छ।
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले सनस्क्रिनकोे फाइदा, लगाउने तरिका लगायतका विषयमा कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानीको मुख्य बुँदाहरु:
– छालाको सुरक्षाको लागि सनस्क्रिन एकदमै आवश्यक छ।
– ६ महिनाको शिशुदेखि सनस्क्रिन लगाउँदा फाइदा गर्छ।
– घामको विकिरणबाट छालामा पर्ने असरबाट सनस्क्रिनले बचाउँछ।
– आफ्नो आवश्यकता र छाला अनुसार सनस्क्रिनको छनोट गर्नुपर्छ।
– छालामा कुनै पनि एलर्जी र रोग छैन भने ३० एसपीएफसम्मको सनस्क्रिन लगाउन सकिन्छ।
– एन्टी एजिङको रुपमा र छालामा समस्या छ भने ५० वा सोभन्दा माथिको एसपीएफ भएको क्रिम लगाउनुपर्छ।
– घामको युभिए र युभिबी विकिरणले छालामा असर गर्ने हो।
– उमेरसँगै छालालाई घामबाट बचाउन सक्ने क्षमता कम हुँदै जान्छ। त्यसैले घामको असरबाट बचाउन सनस्क्रिन लगाउनुपर्छ।
– मौसम अनुसार पनि सनस्क्रिनकोे छनोट गर्नुपर्छ।
– चिल्लो छाला भएकाले जेलवेस र सुख्खा छाला भएकाले लोसन र क्रिमवेस सनस्क्रिन लगाउनुपर्छ।
– पहिले जस्तो धेरै सनस्क्रिन लगाउनु पर्दैन। सिलिकनवेस सनस्क्रिन पाउने भएकाले थोरै लगाएपनि पुग्छ।
– चार/चार घण्टाको फरकमा दिनमा कम्तीमा दुई वा तीन पटक लगाउनुपर्छ।
– बिहान अनुहार सफा गरेपछि भिटामिन सी सेरम लगाएपछि, मोस्चराइजर लगाएपछि सनस्क्रिन लगाउन सकिन्छ।
– दिउँसो लगाउँदा समय भए सफा गरेर नभए त्यही माथि सनस्क्रिन लगाउन सकिन्छ।
भिडियो – मनिष अर्याल