फिचर

यी हुन् संसारका ८ स्वस्थ मुलुक


कुनै पनि देश आर्थिक हिसाबले जतिसुकै विकसित किन नहुन्, ती देशका नागरिक स्वस्थ छन् भन्न सकिदैंन । देश स्वास्थ्यका हिसाबले अंग्रपंक्तिमा रहन ती देशका नागरिकको जीवनशैलीको पनि भूमिका हुन्छ । विश्वमा केही त्यस्ता देश छन्, जहाँका नागरिकहरुले स्वस्थ जीवनशैलीका कारण त्यो देशमा रोगको ग्राफ पनि निकै तल छ । यी देशका नागरिकले आफ्नो स्वास्थ्यमा बढी खर्च गर्छन् । 

१. मोनाको
स्वस्थ खाना, शारीरिक रुपमा फिट र तनावबाट टाढा रहनु नै दीर्घायुको मूल रहस्य हो । सबैभन्दा लामो आयु भएका मानिस रहने देशको रुपमा जापानको नाम अगाडि आउन सक्ला । तर, त्यसो होइन, मोनाको युरोपको एक यस्तो देश हो, जहाँका मानिसहरु जापानीभन्दा लामो समय बाँच्छन् । यहाँको औसत आयु ८९.६३ वर्ष छ । यहाँका नागरिकको खास विशेषता के हो भने उनीहरु खानपानप्रति लापरवाह छैनन् र तनाव पनि विलकुल लिँदैंनन् ।

२. जापान
दीर्घायु हुने भएकै कारण जापानमा युवा उमेरका मानिसभन्दा वृद्ध उमेरका मानिसको संख्या बढी छ । केही जापानी त १ सय २० वर्षभन्दा बढी बाँच्छन् । यसको पछाडि खानपानको बानी नै मुख्य कारण हो । जापानीहरु बढी माछा खान्छन्। रेड मीट, मख्खन, दुग्धजन्य उत्पादन सेवनबाट टाढै रहन्छन् । ग्रीन टीको अत्यधिक सेवन गर्छन् । हरियो ताजा सागसब्जी मन पराउँछन् । जापानीको औसत आयु ८४.१९ वर्ष छ । 

३. सिंगापुर
सिंगापुरका मानिसहरु पर्यावरण रुचाउछन् र दूषित वातावरण मन पराउँदैनन् । पूरै सिंगापुर स्वच्छताका लागि विश्वभरका लागि उदाहरण मानिन्छ । यहाँका मानिसहरु स्वच्छ र स्वस्थ रहनमा विश्वास गर्छन् । सिंगापुरको औसत आयु ८४.०७ वर्ष हो । 

४. ग्रीस
ग्रीसका नागरिकको औसत आयु ८२.९८ छ । यहाँपनि ओलिभ आयलयुक्त खाना र माछा खाने चलन छ । शारीरिक रुपमा सक्रिय हुनु यहाँका मानिसको परम्पराजस्तै बनिसकेको छ । ओलम्पिक पनि ग्रीसबाटै सुरु भएको थियो ।

५. एन्डोरा
फ्रान्स र स्पेनको बीचमा रहेको एन्डोराका नागरिकहरु पनि सामुद्रिक खाना मन पराउँछन् भने हाइकिङ र स्कीइङ मन पराउँछन् । यहाँको औसत आयु ८२.५८ छ ।

६.स्वीजरल्याण्ड
स्वीजरल्याण्डको औसत आयु ८२.२८ छ । यहाँका मानिसहरु स्वस्थ हुनुको कारण खेलकूद र पदयात्रा मानिएको छ । मानिसहरु पहाड चढ्न र शितकालिन खेलकूदमा रुची राख्छन् । यसलेपनि स्वीसलाई स्वस्थ बनाउन सहयोग पु¥याएको छ ।

७. इटाली
इटालीयन नागरिकहरु ओलिभ आयल बढी पाइने सामुद्रिक खानामा बढी जोड दिन्छन् । रेड वाइन ठीक्कमात्रामा पिउँछन् । ठीक्कसंग अर्थात् दैनिक एक गिलास पिउने हो भने रेडवाइनले मुटुलाई फाइदा गर्ने अनुसन्धानबाट पुष्टि भैसकेको छ । यहाँको औसत आयु ८१.९५ वर्ष हो । 

८. फ्रान्स
फ्रान्सका मानिसहरु पनि निकै स्वस्थ हुन्छन् । मानिसहरु कम मात्रामा रेड वाइन पिउँछन् र यसरी पिएको रेड वाइन मुटुका लागि राम्रो मानिन्छ । यसका साथै नियमित रुपमा  हिड्छन् र तनावबाट टाढै रहन रुचाउछन् । फ्रान्सेलीको औसत आयु ८१.५६ वर्ष हो । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने