फिचर

किशोर–किशोरीहरू बुवाआमालाई किन एलर्जीको रूपमा लिन्छन्?


समय परिवर्तनशील छ।उमेर बढेसँगै मानिस पनि एकै रहिरहन सक्दैन।चरणबद्ध रूपमा मानिसको स्वभाव तथा आयामहरूमा भिन्नता आउनु स्वाभाविक हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १३ देखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्थाको रूपमा लिइन्छ।सामान्यतया यही उमेरका बीचमा नै हरेक व्यक्तिले आफूले आफूलाई फरक महसुस गर्न थाल्छ।यही समयदेखि नै मानसिक, सामाजिक, आर्थिक तथा अन्य क्षेत्रहरूमा पनि मानिसको सोच र व्यवहारमा फरकपन देखिन थाल्दछ।

किशोरावस्थामा देखिने यस्ता विविध फरकपनमा आफ्ना अभिभावकहरूप्रति हेर्ने दृष्टिकोण तथा गरिने व्यवहारमा आउने परिवर्तन पनि एक हो।यो समयमा कतिपयको आफ्नो बुवाआमाको व्यवहार, लक्ष्य तथा विचारधारामा नै फरक मत रहन सक्छ।कतिपयले यसलाई समान्य रूपमा लिन पनि सक्ने मनोचिकित्सकहरू बताउँछन्।तर उनीहरू यो विषयमा भने एक ठाउँमा उभिएको पाइन्छ कि कतिपय किशोर–किशोरीहरू आफ्ना बुवाआमालाई ‘एलर्जी’का रूपमा हेर्छन्।

सामान्यतया यस किसिमको एलर्जीको सुरुवात १३ वर्षको उमेरमा सुरु हुने अनुसन्धानबाट खुलेको छ।तर यो स्वभाव केही क्षण, दिन, महिना वा कतिपय अवस्थामा केही वर्षसम्म पनि रहन सक्ने बताइएको छ।उमेर बढ्दै जाँदा आफ्ना बुवाआमाबाट छुट्टिएर बस्नसमेत रुचाउने धेरै हुन्छन्।सामान्यतया यो अवस्था किशोरावस्थाको सुरुवाती उमेरबाटै हुने र उनीहरू घरबाट टाढा रहन कुनै आकस्मिक र शक्तिशाली कारण खोजिरहेका हुन्छन्।तर किशोर–किशोरीको लागि आफ्ना अभिभावकबाट टाढा भएर बस्नु चानचुने कुरा भने होइन, जसले लामो समय छोराछारीकै उज्ज्वल भविष्य निर्माणमा खर्चिएका छन् ।

जुनबेला किशोर–किशोरीहरू आफ्ना अभिभावकबाट विमुख हुँदै जान्छन्, उनीहरूले अनिवार्य रूपमा बुवाआमाका हरेक व्यवहार तथा भेदभावलाई दुई श्रेणीमा राखेर हेर्छन्।एक, जुन कुरा बुवाआमाले अस्वीकार गर्छन् र अर्को, जुन कुरा बुवाआमाले स्वीकार गर्ने चाहना देखाउँछन्।

आफ्नो व्यक्तित्व स्थापित गर्ने हकमा उनीहरूका लागि यस्ता श्रेणीले असर देखाउन थाल्दछ र दुर्भाग्यवश परिवारको शान्ति खलबलिन्छ।

मानौं तपाईं दिनदिनै एथलेटिक जुत्ताबाहेक अरू लगाउने सोच बनाउनुहुन्न तर किशोरावस्थामा रहेको तपाईंको सन्तानले त्यसलाई नस्वीकार्न सक्छ।त्यसपछि छोटो समयको लागि भए पनि दुवैको सोचप्रति एक–अर्कामा घृणा जागेर आउँछ।सँगसँगै तपाईंमा प्रश्न उब्जिन सक्छ कि, मेरो खुट्टामा लगाउने चिजलाई लिएर उसलाई केको सरोकार ?

उनीहरूमा तपाईंप्रति घृणा जाग्नुको कारण उसको पहिचान तपाईंसँग कुनै न कुनै रूपमा जोडिएको हुन्छ, जबसम्म उनीहरूले आफ्नो अलग्गै पहिचान स्थापित गर्न सक्दैनन्।तपाईंका यस्ता व्यवहारले उनीहरूको आफ्नो शैलीमाथि नै गम्भीर असर पुर्‍याएको उनीहरू सम्झिछन्।

यो अवस्थामा तपाईंलाई लाग्न सक्छ कि किशोर–किशोरीहरू उनीहरूका साझा इच्छा तथा सवालहरूमा भने आफ्ना बुवाआमासँग रुष्ट हुनेछैनन्।यसको एक मात्र कारण उनीहरूको चाहना बुवाआमासँग परिपूरक रहनु हो।र, त्यो चाहना पूर्तिका लागि बुवाआमाको भूमिका अनिवार्य हुन्छ।

बुवाआमाले आफूलाई आफ्नै समयानुकूल हुने तरिका र संस्कारका आधारमा मात्रै सोच्दछन्।तर आफ्ना सन्तानका ठाउँमा बसेर भने कहिल्यै सोच्दैनन्।भलै उनीहरू पनि सोही अवस्थाबाट गुज्रिएको किन नहोस् ।

जब हामी उनीहरूको समय पार भइदियोस् भनेर सोचिरहेका हुन्छौं, तब किशोर–किशोरीहरू भने परिवर्तित सूचकहरूको कसरी सम्पादन गर्ने भन्नेमा नै अनभिज्ञ हुन्छन्।त्यस्तो अवस्थामा उनीहरूसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा हामीमा जानकारी हुँदैन ।

सुरुवातमा हामी यसलाई सामान्य विकासको सूचकको रूपमा मात्र हेर्न सक्छौं।जब हाम्रा सन्तानहरू युवा हुँदासम्म हामीबाट सबै अवस्थामा प्रशंसा र आनन्द महसुस नगर्न सक्छन् भन्ने बुझ्छौं, त्यतिबेला बल्ल हामी आफ्नो पनि किशोरावस्था याद गर्न पुग्छौं।तर त्यतिबेला आपसी सम्बन्धलाई एलर्जीको रूपमा हेर्ने अर्को अध्याय नै सुरु भइसकेको हुन सक्छ।

त्यहाँबाट हामीले या त उनीहरूको उत्पीडनको उपेक्षा गर्न सक्छौं या त उनीहरूलाई आश्वस्त पार्न नै।त्यसैले यो उनीहरूको बढ्ने उमेर हो र यसलाई सकारात्मक तवरबाट अगाडि बढाउनुपर्छ।आवश्यक परेको खण्डमा हामीले केही बुँदामा उनीहरूलाई अवगत गराउन सक्छौं कि उनीहरूले चाहेजस्तै तर सकारात्मक सम्पादन तथा दिशाबोध गर्ने हो भने यो अवस्था बित्न धेरै लामो समय लाग्दैन।

किशोरावस्थामा आफै आउने चेतनालाई हामीले उनीहरूसँग सम्बन्ध विस्तारको एक अवसरको रूपमा सदुपयोग गर्नुपर्छ।यदि कुनै सन्तान बुवासँग असन्तुष्ट छन् भने आमाले ऊसँग जोडिएका घटनाहरूमा साथीको भूमिकामा रहनुपर्दछ।जसले किशोरावस्थामा तीव्र रूपमा विकास हुने अतिसंवेदनशीलतालाई सही मोड दिन सघाउ पुर्‍याउँछ।

कुनै समयमा यदि एक चिजको सट्टा अर्को चिजको प्रयोग गर्दा केही अन्तर आउँछ भने आफ्ना किशोरावस्थाका सन्तानको तनाव कम गर्न तपाईं यस्तो कदम किन चाल्न सक्नुहुन्न भन्ने प्रश्न अहम् भएर आउँछ।

त्यसकारण तपाईंका सन्तान तपाईंहरूबाट सजिलै टाढा हुने निर्णयमा पुग्न सक्लान् तर सायदै तपाईं आफ्ना सन्तानबाट टाढा हुने सोच्न सक्नुहुन्छ।यहाँसम्म कि तपाईंसँगको व्यक्तिगत एकतामा आफ्ना सन्तानको विछोडलाई तपाईं नजरअन्दाज गर्नुहुन्छ भने यसले अझै समस्या निम्त्याउँछ।बरु यसमा अन्य रुचि तथा सहयोगी सम्बन्धहरूले थप बल दिन सक्छन्।

किशोरावस्थामा आफूहरूप्रति लगातार अनादर प्रकट भइरह्यो भने पनि किशोर–किशोरीहरूले एलर्जीको रूपमा बुझ्ने सम्भावना बढेर जान्छ तर त्यो समयमा यदि तपाईंले सामान्य उपायको सहारा मात्रै लिनुभयो भने पनि यसलाई मत्थर पार्न सघाउ पुग्दछ।यसका लागि तपाईंले आफ्नो स्वभावलाई मित्रवत् र विनम्र बनाउनु नै अचूक उपाय सावित हुन सक्छ।

यदि यस्तो अवस्थालाई एक समस्याको रूपमा समाधानको बाटोतर्फ लाग्यौं भने यसले निवारणको सट्टा दर्दनाक अवस्था ल्याउन सक्ने खतरा पैदा हुन सक्छ।तर भावनात्मक तवरबाट हाम्रा कदमहरू चालिएको अवस्थामा भने किशोर–किशोरीहरू पुनः हाम्रै समूहमा फर्किन समय लगाउँदैनन्।

यदि किशोर–किशोरीलाई आफ्नो योग्यता, चाहना र स्वादलाई स्थापित गर्न समय र स्थान मिल्ने हो भने आफ्ना अभिभावकप्रति बढ्दो बहिस्कारको भावना क्रमशः हट्दै जान्छ।यसका अलावा मानसिक विकाससमेत यसको अर्को हिस्सा बन्दछ।जतिजति उमेर बढ्दै जान्छ, किशोर–किशोरीमा मानसिक क्षमता विकास हुनाले उनीहरूमा आफ्ना बुवाआमाको इच्छा तथा उनीहरूलाई के चिज गलत लाग्छ भन्ने भावना मस्तिष्कमा पैदा हुन्छ।जसले उनीहरूलाई आफू के बन्न लागेको हो भन्नेतर्फ समेत सोच्न बाध्य बनाउँछ।

अब उनीहरू हामीभित्र यस्ता चिजहरूलाई खोज्न सक्छन्, जो यसअघि उनीहरूले हामीमा प्राप्त गर्न असमर्थ हुन्थे।यस्तो अवस्थामा उनीहरूमा हामी हरेक विषयमा आफ्नो छुट्टै विचार पाउन सक्छौं।सँगसँगै उनीहरूले आफ्ना हितमा हुने विषयवस्तुहरू हामीमाझ बाँड्न पनि सक्ने भइसकेका हुन्छन्।

यस्तो अवस्थामा किशोर–किशोरीहरूमा आफ्ना बुवाआमाप्रति बढेको एलर्जी बिस्तारै घट्न सक्छ।जसले तपाईं हरेक कदममा आफ्ना छोराछारीकोे साथ र सम्मान दुवै पाउनुहुनेछ।

भावानुवाद : विमर्श कँडेल
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने