फिचर

युरोलोजिष्ट डा अधिकारी: जसले बिदाइका क्रममा पाए 'फुटबल म्याच विथ डिनर'

बुनु थारु

सन् १९८६ को विश्वकप रौनक । १४ इन्चको सोनी टिभीमा अर्जेटिना भर्सेस जर्मनीको म्याच चलिरहेको छ। म्यारोडोनाको जादुले अर्जेन्टिना बिजेता बन्न पुग्छ। 

'त्यतिबेला अर्जेन्टिना ३—२ ले जितेको थियो । त्यो फाइनल गेम अर्जेन्टिनाकै हेरियो त्यसपछि नै मलाई यही टिम मनपर्छ । अहिले पनि उसकै फ्यान हो,' पेशाले युरोलोजिस्ट डा. महेश अधिकारी आफ्नो फुटबल स्मृति यसरी सुनाउँछन्।

उनले पहिलोपल्ट विश्वकप छिमेकीको घरमा गएर हेरेका रहेछन् । दोस्रोपल्ट भने उनको घरमा टिभी आइपुगेको थियो।

काठमाडौंको थापाथलीमा जन्मिएका डा. महेश सानैदेखि फुटबल खेल्न रुचाउँथे, त्यसमाथि उनको अभ्यासको क्षेत्र त घरनजिकै त्रिपुरेश्वर दशरथ रंगशाला नै थियो। 

दाजुभार्इहरु पनि फुटबल खेल्ने हुनाले आफ्नो घर नै फुटबलमय भएको जस्त्तो आभास हुन्थ्यो उनलाई। 

'अहिलेको जस्तो खेलकुद प्रतियोगिता कहाँ हुन्थे र? केही प्रतियोगिता आयोजना हुन  लागेको खबर पाउँदा हामीलाई त खुशीले चाडपर्व नै आएको जस्तो महुसुस हुन्थ्यो,'  डा.महेश आफ्नो फुटबल प्रेम खोतल्न थाल्छन्।

उनी राष्ट्रिय फुटबल टिमसँग पनि जोडिएका मानिस हुन्। नेपाली फुटबलको सन् १९९८ देखि २००५ सम्म उनी  राष्ट्रिय फुटबल टिमका डाक्टर भएर गएका थिए।

नेपाल विश्वपको छनौट खेलमा गएको टिममा पनि उनी थिए। खेलाडीहरु राम्रो फुटबल खेलेको देख्दा उनलाई पनि रहर जाग्थ्यो। राष्ट्रिय फुटबल टिमको अन्डर १६ को नेशनल क्याम्पको तालिममा पनि सहभागी भएको बताउने  उनको अरु फुटबल खेलिरहँदा उनका खुट्टा पनि चलिरहन्थेँ।

'खेलाडी जति अभ्यास गर्थे म पनि त्यति नै उनीहरुसँग अभ्यास गर्थें, मैले प्रशिक्षकहरुलाई मलाई पनि टिममा राख्नु न भनेर जिस्कन्थेँ,' उनले हाँस्दै भने।

राष्ट्रिय फुटबल टिमका खेलाडीहरु हरि खड्का, राकेश श्रेष्ठलगायत खेलाडी उनका साथी हुन्।

फुटबलसँग भिजिसकेका डा. अधिकारीलाई अहिलेको विश्वकपले नछुने त कुरै भएन। अर्जेन्टिनाका फ्यान रहेका उनी व्यस्ताका वावजुद मनपर्ने टिमको फुटबल हेरिरहेका छन्। 

'म त फुटबल हेर्दा पनि जर्सी लगाएर हेर्न मनपराउँछु,' उनले भने।

केही दिनअघि अर्जेन्टिनाको खेल राति थियो । खेल हेरेर सुत्दा अबेर भएपछि भोलिपल्ट बिरामी जाँच्दा हाइ आएर हैरान भएको उनले ठट्यौले पारामा सुनाए।

फुटबलसँग जोडिएका अविष्मरणीय घटना छन् उनीसँग । जुन उनी कहिल्यै बिर्सिन सक्दैनन्। सिंगापुरमा युरोलोजिस्टको तालिममा जाँदा उनको बोसले उनलाई फुटबल राम्रो खेल्ने भएर मनपराउँथे। हरेक शुक्रबार हुने फुटबल खेलमा उनको खेल कौशलको तारिफ हुनेगर्थ्यो।

दुई वर्षअघि फेरि उनी त्यहाँ पुगेको बेला उनको विदाइ कार्यक्रम विशेष थियो । त्यो हो फुटबल म्याच विथ डिनर। उनले भने, 'मेरो विदार्इको लागि भनेर फुटबल प्रतियोगिता राखिएको रहेछ।'
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live