काठमाडौं– मेडिकल शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा आज माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ। सोलिडारटी फर डा गोविन्द केसी अलायन्सले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो।
विगतमा आफूसँग गरिएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा केसी २० दिनदेखि १९ औं सत्याग्रहमा छन्। गत भदौ २९ गते जुम्लाबाट सुरु गरेको सत्याग्रह त्रिवि शिक्षण अस्पतालमा जारी छ।
उनको माग सुनुवाइ गर्नेतर्फ सरकारले हालसम्म कुनै चासो लिएको छैन । स्वास्थ्यस्थिति भने बिग्रँदै गएको छ।