काठमाडौं- नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ। डा विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन्।
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट हेमाटोलोजीमा डीएम सम्पन्न गरेका हुन्।
जसले नेपालमा जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात गरेको छ।
नेपालका अग्रणी हेमाटोलोजिस्ट प्राडा विशेष पौडेलेको निरन्तरको साथ र सहयोगका कारण नै नेपालमा पहिलो पटक डीएम हेमाटोलोजिष्ट उत्पादन भएको हो। उनको समर्पण र विशेषज्ञताले नेपालमा डीएम प्रशिक्षित हेमाटोलोजिस्टहरूको पहिलो पुस्ता तयार गर्न महत्वपूर्ण भूमिका खेलेको न्याम्सका कर्मचारी बताउँछन्।
प्रा पौडेलको नेतृत्वमा डा कार्कीले तीन वर्षसम्म सिभिल सर्भिस अस्पतालमा चिकित्सा अभ्यास गरेका हुन्। हस्पिटलमा अत्याधुनिक बोन म्यारो ट्रान्सप्लान्ट सुविधासहितका व्यापक हेमाटोलोजी सेवा उपलब्ध छन्।