काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ महिला गरी ८२२ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख ७ हजार १२४ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८६ हजार ३७१ जना संक्रमित भएका छन्, जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८हजार १६२ छ।
ललितपुरमा १२ हजार ९६४ जना संक्रमित भएका छन्। जसमा १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३१५ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ७७८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भइसकेका छन्।
आज काठमाडौमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर १ हजार ७०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।
२४ घण्टामा १ हजार २३६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ।
आज देशभर १७ हजार २३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ४३५ पुगेको छ।