Swasthya Khabarpatrika
सर्च नतिजा
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्ति
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरका व्यक्ति नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को प्रस्तावना बमोजिम गुणस्तरीय स्वास्थ्य शिक्षा, अनुसन्धान र मानव स्रोत विकास गर्ने उद्देश्य राखिएको स्मरण गराउँदै ऐनको दफा २५ बमोजिम गठित सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरबाट संयोजक तोकिनु ऐनको मर्म विपरीत भएको उल्लेख गरिएको छ। संघले स्वास्थ्य क्षेत्रका योग्य विज्ञहरू मध्येबाटै तत्काल संयोजक चयन गर्न माग गरेको छ। बिहीबार, जेठ ७, २०८३
नेपालमा जनस्वास्थ्य शिक्षाको पुनर्कल्पना: अनुभव, चुनौती र अबको बाटो
नेपालमा जनस्वास्थ्य शिक्षाको पुनर्कल्पना: अनुभव, चुनौती र अबको बाटो नेपालमा अर्को गम्भीर समस्या भनेको शिक्षकहरूको विषयगत दक्षता र उनीहरूले पढाउने विषयबीचको असन्तुलन हो। जनस्वास्थ्य बहुविषयगत क्षेत्र भएकाले प्रत्येक विषयमा गहिरो ज्ञान आवश्यक हुन्छ। तर जब सम्बन्धित अनुभव नभएका शिक्षकहरूले पढाउँछन्, सिकाइको गुणस्तर प्रभावित हुन्छ। यसको समाधानका लागि शिक्षकहरूलाई बेला-बेलामा तालिम दिने, अनलाइन मोड्युलबाट क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य बढाउने र आवश्यकता अनुसार योग्य व्यक्तिहरू नियुक्त गर्ने व्यवस्था गर्नुपर्छ। आइतबार, जेठ ३, २०८३