काठमाडौं- सरकारले कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद्को बैठकले गेटा अस्पताललाई उक्त विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा अगाडि बढाउने निर्णय गरेको हो। सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको विकास गर्ने उद्देश्य अनुरूप सरकारले यो निर्णय लिएको हो।
यस निर्णयसँगै लामो समयदेखि पर्खाइमा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रियाले थप गति लिने भएको छ।