मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Mon, Aug 10, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलाले जिम्मेवारी पाएका छन्। अस्पतालका निर्देशक डा युवानिधी बसौला गण्डकी प्रदेशकको स्वास्थ्य सचिवमा सरुवा भएर गएपछि स्वास्थ्य मन्त्रालयले डा बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो।
बिहीबार, माघ ८, २०८२
चिसो लाग्यो: फ्लु त होइन?
कोभिड महामारी पछि बिर्सदै गइएको फ्लुरोगले अझै धेरैलाइ ग्रसित बनाउछ। पर्याप्त जाचको सुबिधा नहुदा रोग पहिचान नभएको अवस्था हुन सक्छ। फ्लु नियन्त्रण व्यक्तिगत सावधानी मात्र होइन, स्वास्थ्य प्रणालीको तयारी पनि हो। समुदायमा सही जानकारी, स्वास्थ्य संस्थामा छिटो पहिचान, आवश्यक ठाउँमा जाँच (RDT/PCR) को पहुँच, र उच्च जोखिम समूहका लागि समयमै ओसेल्टामिभिर उपलब्धताले अस्पताल भर्ना र जटिलता घटाउन मद्दत गर्छ।
बिहीबार, माघ ८, २०८२
१५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन फार्मेसी पसलका धनी तथा व्यवसायीलाई निर्देशन
औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले फार्मेसी पसलका धनी तथा व्यवसायीहरुलाई १५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ।
बिहीबार, माघ ८, २०८२
विज्ञहरुलाई प्रश्न : स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी अघि बढाउने ?
हाम्रो प्रश्नमा उनीहरुको जवाफ छ, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारले नै अग्रसरता लिनुपर्छ।’
बिहीबार, माघ ८, २०८२
चितवनमा एकै दिन ४ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि
पछिल्लो २४ घण्टामा डेंगुका २ र स्क्रब टाइफसका २ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, माघ ७, २०८२
Nepal’s 2026 Election Must Reimagine Health: Beyond Hospitals, Toward Equity
.If political parties are willing to rise above the old politics of ribbon cutting and think instead in terms of systems, evidence, and fairness, Nepal can finally build a health system that works for everyone - everywhere.
बुधबार, माघ ७, २०८२
भ्रष्टाचार मुद्दा: डा. संगीता मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाविरूद्ध कात्तिक २ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
बुधबार, माघ ७, २०८२
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन अवस्थामा रहेको बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा पौडेललाई दिएको हो।
बुधबार, माघ ७, २०८२
गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न
शिविरमा पहिचान भएका बिरामीहरुर्ला शिघ्र उपचारको दायरामा समेत ल्याइने आयोजकले जनाएको छ।
बुधबार, माघ ७, २०८२
नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता परीक्षा माघ १० गते हुने
काउन्सिलले एक सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जनाएको हो।
बुधबार, माघ ७, २०८२
चितवनमा सञ्चालित उपचार तथा पुनर्स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण पेश गर्न निर्देशन
गृह मन्त्रालयको पत्र बमोजिम लागु औषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५ अनुसार विवरण माग गरिएकाले उक्त निर्देशन दिइएको प्रशासनले जनाएको छ।
बुधबार, माघ ७, २०८२
मेडिकल काउन्सिलको निर्णयमा उच्च अदालतको 'ब्रेक': डा. यशोदा रिजालको निलम्बन तत्काल नहुने
चिकित्सकलाई कारबाही गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयमा उच्च अदालत पाटनले अंकुश लगाइदिएको छ। उपचारसम्बन्धी गलत कागजात बनाएको अभियोगमा दोषी ठहर भएकी डा. यशोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णयलाई अदालतले तत्काल कार्यान्वयन नगर्न 'अन्तरकालीन आदेश' जारी गरेको हो।
बुधबार, माघ ७, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
उनी भन्छिन्, ‘म प्रायः यस्ता बिरामीहरू देख्छु जो अत्यन्तै प्रेरित छन्, पर्याप्त जानकारी राख्छन् र निरन्तर प्रयास गरिरहेका हुन्छन्, तर पनि तौल घटाउन संघर्ष गरिरहेका हुन्छन्।’
बुधबार, माघ ७, २०८२
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
कार्यक्रम खारेज वा निष्क्रिय हुँदा उनीहरू उपचारबाट वञ्चित हुने, ऋणमा डुब्ने वा समयमै उपचार नपाएर ज्यान गुमाउने जोखिम बढ्नेछ। यसले नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकलाई पूर्ण रूपमा बेवास्ता गर्ने अवस्था सिर्जना गर्नेछ, जसले सामाजिक न्याय र समानताको मूल मर्ममाथि गम्भीर आघात पुर्याउनेछ।
बुधबार, माघ ७, २०८२
बयालपाटा अस्पतालमा पाँच महिनापछि पुनः स्वास्थ्य बीमा सेवा
यसअघि न्याय हेल्थ नेपालद्वारा व्यवस्थापन हुँदै आएको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार मातहत आएपछि अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको थियो। आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि माघ १ गतेदेखि पुनः स्वास्थ्य बीमा सेवा सुचारु गरिएको बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठकले जानकारी दिए।
बुधबार, माघ ७, २०८२
डा. चन्दा कार्कीसहित रास्वपाका निवर्तमान ५ सांसदले पाएनन् टिकट
चिकित्सा क्षेत्रबाट राजनीतिमा आएकी र स्वास्थ्य क्षेत्रका मुद्दाहरूलाई संसदमा प्रखर रूपमा उठाउँदै आएकी डा. चन्दा कार्कीलाई रास्वपाले उम्मेदवार नबनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीले 'पर्फमेन्स' वा नयाँ अनुहारलाई स्थान दिने रणनीति अन्तर्गत यो निर्णय गरेको हुनसक्ने अनुमान गरिए पनि निवर्तमान सांसदहरू नै पाखा लाग्नुले कार्यकर्ता पंक्तिमा भने मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ।
मंगलबार, माघ ६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले डा तोसिमा कार्की र डा लेखजंग थापालाई बनायो उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा तोसिमा कार्की र डा लेखजंग थापालाई आगामी चुनावका लागि उम्मेदवार बनाएको छ। डा कार्कीलाई ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ तथा डा थापालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवार बनाएको हो।
मंगलबार, माघ ६, २०८२
स्वास्थ्य पत्रकारिताबाट राजनीतिमा भेटुवालको फड्को: काठमाडौं ६ मा राप्रपाको उम्मेदवार
लामो समय स्वास्थ्य पत्रकारितामा सक्रिय रहेका पत्रकार उद्धवराज भेटुवाल अब संसदीय राजनीतिको चुनावी मैदानमा उत्रिएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उनलाई काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
मंगलबार, माघ ६, २०८२
स्वास्थ्यका पूर्व मन्त्रीहरुको चुनावी मैदानमा: को कहाँ?
उनको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका थापाले मधेश प्रदेशको मत कांग्रेस तर्फ तान्न यसपटक मधेशबाट निर्वाचनमा होमिने निर्णय गरेको उनी निकट नेताहरु बताउँछन्।
मंगलबार, माघ ६, २०८२
एनएमए निर्वाचन समितिले गर्यो अन्तिम नामावली प्रकाशन (सूचीसहित)
निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्नुअघि सबै पक्षबीच छलफल गरेको थियो। छलफलपछि सहमतिका आधारमा नयाँ नामावली सार्वजनिक गरेको छ।
मंगलबार, माघ ६, २०८२
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
दाँत किराले खाएको सुरुवाती अवस्था हो भने भरेमा उक्त दाँतलाई बचाउन सकिन्छ। यदि नशासम्म पुगेको तथा दुखेको अवस्थामा पनि रुट क्यानल ट्रिटमेन्ट गरेर दाँतलाई जोगाउन सकिन्छ।
मंगलबार, माघ ६, २०८२
ओरल इम्प्लान्टोलोजी एशोसियसनको दन्त प्रत्यारोपण सम्बन्धी एक दिने सम्मेलन सम्पन्न
उनले नेपालमा गुणस्तरीय दन्त प्रत्यारोपण अभ्यास कायम गर्नुपर्नेमा जोड दिँदै विश्वव्यापी मापदण्ड र बिरामी केन्द्रित हेरचाहप्रति एशोसियसन प्रतिबद्ध रहेको समेत जिकिर गरे। सम्मेलन नेपालमा प्रयोग भइरहेका विभिन्न प्रकारका इम्प्लान्टहरुका विषयमा केन्द्रित रहेको उनले जानकारी दिए। सम्मेलनमा इम्प्लान्ट सम्बन्धि विभिन्न ८ प्रकारका प्रस्तुतीकरण गरिएको थियो।
सोमबार, माघ ५, २०८२
मेडिकल व्यवसायी सुनिल शर्माले पाए कांग्रेसबाट मोरङ- ३ मा टिकट
नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्मा उम्मेदवार हुने भएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।
सोमबार, माघ ५, २०८२
पोखराबाट पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
प्रसाईंले हालै एक भिडियो सार्वजनिक गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर चुनावी नतिजा आफ्नो पक्षमा पारेको गम्भीर आरोप लगाएका थिए। संवैधानिक निकायको निष्पक्षतामाथि नै प्रश्न उठाउने गरी भ्रामक अभिव्यक्ति दिएको ठहर गर्दै आयोगले उनीमाथि कानुनी कारबाहीका लागि सक्रियता देखाएको हो।
सोमबार, माघ ५, २०८२
स्वास्थ्य अभियान्ता त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द कैलाली–५ बाट रास्वपाका उम्मेदवार
चन्दले काठमाडौं महानगरपालिकामा बालेन शाहको कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा सहयोग गरेका थिए। त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका उपप्राध्यापक रहिसकेका चन्दले रसायन शास्त्रमा बिद्यावारिधि गरेका छन्।
सोमबार, माघ ५, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
गत २ माघमा बसेको मन्त्रिपरिषद् बैठकले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकका रूपमा कार्यरत डा. बसौलालाई कामकाजमा रहने गरी गण्डकी प्रदेशको स्वास्थ्य सचिवका रूपमा खटाउने निर्णय गरेको हो।
सोमबार, माघ ५, २०८२
सुर्ती उद्योगको 'नीतिगत हस्तक्षेप' ले जनस्वास्थ्य जोखिममा: कर वृद्धि रोक्न चौतर्फी दबाब
सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप सम्बन्धी १०० राष्ट्रमा गरिएको अध्ययनमा नेपाल १४ औं स्थानमा रहेको पाइएको छ। नेपालले ४४ अंक प्राप्त गरेको छ, जसले यहाँ सुर्ती उद्योगको हस्तक्षेप 'मध्यम तह' मा रहेको देखाउँछ। दक्षिण एसियाली मुलुकहरूमध्ये माल्दिभ्स ४३ अंकका साथ सबैभन्दा कम हस्तक्षेप हुने सूचीमा छ भने बंगलादेश ६६ अंकका साथ उच्च जोखिममा देखिएको छ।
सोमबार, माघ ५, २०८२
झापामा चिकित्सकमाथि हातपात: नेपाल चिकित्सक संघद्वारा भर्त्सना, दोषीलाई कारबाहीको माग
२०८२ माघ ४ गते आइतबारका दिन अस्पतालको आकस्मिक (ईमर्जेन्सी) विभागमा सेवा दिइरहेका बेला केही व्यक्तिहरूको समूह भित्र पसी चिकित्सकमाथि आक्रमण गरेको हो। संघका आजीवन सदस्य समेत रहेका डा. आदित्य आनन्द यादवमाथि हातपात र गालीगलौज गरिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
सोमबार, माघ ५, २०८२
यी हुन् स्वास्थ्यकर्मी र सरकारबीच भएका पाँच बुँदे सहमति
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा परिषद् ऐन दफा ४ (२) बमोजिम सदस्य नियुक्त गर्ने स्वास्थ्यकर्मीको माग पुरा भएको छ।
सोमबार, माघ ५, २०८२
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
बच्चा ५/६ वर्ष पुगिसकेपछि उसलाई खाना खाने, लुगा लगाउने लगायतका काम गर्न सिकाएर विस्तारै आत्मनिर्भर बनाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्छ।
सोमबार, माघ ५, २०८२
Previous
53
54
55
56
57
Next
सर्च गर्नुहोस्
×
Search