काठमाडौं- गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशिगाउँस्थित शहरी स्वास्थ्य केन्द्रको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब ४०० जनाले विभिन्न स्वास्थ्य सेवा लिएको जनाइएको छ।
काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र इन्द्र डेण्टल क्लिनिकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।
शिविरअन्तर्गत स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाँटी तथा सामान्य रोगसम्बन्धी परामर्श दिइएको थियो। साथै, सहभागीहरूको कोलेस्ट्रोल, मिर्गौला, पिसाब, सुगर तथा रक्तचाप परीक्षण समेत गरिएको आयोजकले जानकारी दिएको छ।
स्वास्थ्य परीक्षणपछि आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो। स्थानीयस्तरमै सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट सर्वसाधारण लाभान्वित भएको जनाइएको छ।
-1778061019.jpeg)
-1778061017.jpeg)
-1778060950.jpeg)