काठमाडौं- विश्वविद्यालयहरूमा उपकुलपति सिफारिस गर्न शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले मन्त्री पोखरेलको अध्यक्षतामा गठन गरेको समितको सदस्यमा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन्।
उपकुलपतिका लागि केही दिनमै दरखासत आह्वान गर्ने तयारी गरेको छ। खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने जनाएको छ ।
नाम छनोट गर्न विज्ञ समिति पनि बनाउने तयारी रहेको छऽ मेरिटको आधारमा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको बट्टँयउङ्कव छ।
तत्कालका लागि भने विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने सरकारको तयारी छ।
सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको छ। सहिद दशरथ चन्द चिकित्सा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय लगायतमा उपकुलपति नियुक्त गर्नुपर्नेछ।
सरकारले विश्वविद्यालय सम्बन्धी अध्यादेशमा पनि उपकुलपति हुनका लागि चाहिने योग्यता राखेको छ । उक्त अध्यादेशमा उपकुलपति हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि (पीएचडी) गरेको हुनुपर्ने भनिएको छ । त्यसैगरी अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने छ।
शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धि सीप र कौशल प्रदर्शन गरेको हुनुपर्छ । ४० वर्ष पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने भनिएको छ ।