काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन अन्तर्गत महासचिव पदमा डा. विश्वराज दवाडी विजयी भएका छन्। मतगणनाको अन्तिम चरणमा आइपुग्दा उनले निकटतम प्रतिस्पर्धीभन्दा सुरक्षित मतान्तर कायम गर्दै जित सुनिश्चित गरेका हुन्।
कुल ७ हजार १०२ मत खसेकोमा हालसम्म ६ हजार ९१५ मत गणना भइसकेको छ। पछिल्लो मत परिणाम अनुसार डा. दवाडीले २ हजार ६४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी डा. कालु सिंह खत्रीले २ हजार ३६७ मत पाएका छन्।
डा. दवाडी र डा. खत्रीबीचको मतान्तर २८२ रहेको छ। कुल खसेको मतमा अब मात्र १८७ मत गन्न बाँकी छ। डा. दवाडीको अग्रता २८२ मतले रहेको र गन्न बाँकी रहेको मत १८७ रहेकाले मतगणना नसकिँदै जित निश्चित गरेका हुन्।
महासचिव पदको मत विवरण:
डा. विश्वराज दवाडी: २,६४९ मत (४०.०५%)
डा. कालु सिंह खत्री: २,३६७ मत (३५.७८%)
डा. अमृत भुसाल: १,५९९ मत (२४.१७%)