काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा डा. बद्री रिजाल नेतृत्वको प्यानलले भारी बहुमतसहित जित हासिल गरेको छ। पछिल्लो मत परिणाम अनुसार दुई जना उपाध्यक्ष र तीन जना सदस्य पद बाहेक अन्य सबै महत्वपूर्ण पदहरूमा डा. बद्री प्यानलका उम्मेदवारहरू विजयी भएका छन्।
१९ सदस्यीय कार्यसमितिमा अधिकांश पदमा टिम बद्रीका उम्मेदवारले जित हासिल गरेका छन्। निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मका गरेर ५६ जना चुनावी मैदानमा थिए।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह-कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल र सहसचिवमा डा हुलास अग्रवाल विजयी भइसकेका छन्।
प्यानलगत रूपमा हेर्दा डा. रिजालको टोलीले सात मध्ये पाँच प्रदेशका उपाध्यक्ष तथा प्रदेश संयोजक पदमा जित निकाल्न सफल भएको छ। डा बद्री प्यानलबाट कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशीले जित हासिल गरेका छन्।
गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा. रबिन खड्काले जित निकालेका छन्। उनीहरु दुबै जना टिम मंगलका उम्मेदवार हुन्।
सदस्यहरूमा डा बद्रीको टिमबाट ३ जनाले जित हासिल गरेका छन् भने डा मंगलको टिमबाट दुई र एक जना टिम रिफर्मका उम्मेदवारले जित हासिल गरेका छन्। सदस्यतर्फ टिम बद्रीबाट डा राकेश साह, डा सुस्मित काफ्ले र डा बिना श्रेष्ठले जित हासिल गरेका छन्।
टिम मंगलबाट डा अमित झा र डा पल्पसा श्रेष्ठले जितेका छन् भने टिम रिफर्मबाट डा शेषराज घिमिरेले जित हासिल गरेका छन्।
हेरौं मत परिणाम
अध्यक्ष:
डा. बद्री रिजाल – ३,१९६ मत (विजयी)
डा. मंगल रावल: २,९४० मत
डा. नारायण प्रसाद भुसाल: ८६९ मत
वरिष्ठ उपाध्यक्ष:
डा. सञ्जीव तिवारी – ३,०३६ मत (विजयी)
डा. कीर्तिपाल सुवेदी: २,३०२ मत
डा. अजय कुमार मिश्र: १,४२१ मत
महासचिव:
डा. विश्वराज दवाडी – २,७२२ मत (विजयी)
डा. कालु सिंह खत्री: २,४२३ मत
डा. अमृत भुसाल: १,६४६ मत
कोषाध्यक्ष:
डा. संयुक्त आचार्य – ३,१८६ मत (विजयी)
डा. चाँदनी जैसवाल: २,०९९ मत
डा. विनोद कुमार महसेठ: ९७४ मत
सह-सचिव:
डा. हुलास अग्रवाल – ३,५१० मत (विजयी)
डा. राम जीवन प्रसाद: १,५४० मत
डा. सन्तोष अधिकारी: १,४१६ मत
सह-कोषाध्यक्ष:
डा. तेजसु सिंह मल्ल – ३,२७९ मत (विजयी)
डा. सुवास गुरुङ: २,२९४ मत
डा. राज कुमार दंगाल: ८५० मत
उपाध्यक्ष (प्रदेश संयोजकहरू)
कोशी प्रदेश:
डा. रोशन खड्का – ३,००८ मत (विजयी)
डा. टंक प्रसाद बराकोटी: २,२३६ मत
डा. हरी शंकर कार्की: ८७८ मत
मधेश प्रदेश:
डा. अमित रञ्जन मिश्र – ३,०९९ मत (विजयी)
डा. उदय नारायण सिंह: २,०९४ मत
डा. मोहम्मद इनामुल हक: ९४३ मत
बागमती प्रदेश:
डा. सुवास भट्टराई – २,३५९ मत (विजयी)
डा. अरुण शाही: २,२५० मत
डा. अकानन्द सिंह: १,२२१ मत
डा. रुवास नाथ योगी: ६८६ मत
गण्डकी प्रदेश:
डा. यज्ञ राज सिग्देल – ३,१०२ मत (विजयी)
डा. नवराज लम्डारी: २,८०० मत
लुम्बिनी प्रदेश:
डा. नन्दा कुमारी गुरुङ – २,९१० मत (विजयी)
डा. सन्तोष पोखरेल: २,२४२ मत
डा. लक्ष्मण शर्मा: १,१२३ मत
कर्णाली प्रदेश:
डा. रबिन खड्का – २,४९० मत (विजयी)
डा. सरोज गिरी: २,३२२ मत
डा. अनुप मंगल समाल: १,२५७ मत
सुदूरपश्चिम प्रदेश:
डा. प्रमोद जोशी – ३,४८० मत (विजयी)
डा. निरज अर्याल: २,६१२ मत
केन्द्रीय सदस्यहरू (विजयी ६ जना)
डा. अमित झा: २,७८७ मत
डा. राकेश शाह: २,७८० मत
डा. पालपासा श्रेष्ठ: २,७७८ मत
डा. बिना श्रेष्ठ: २,५५१ मत
डा. सुस्मित काफ्ले: २,४९७ मत
डा. शेषराज घिमिरे: २,४३८ मत
सदस्यहरु : डा. अरुण उप्रेती २,३९९, डा. सुमेध मिश्र २,३३१, डा. हिमलाल भण्डारी २,३१६, डा. आरती शाह १,७९८, डा. निरजन तामाङ १,७४८, डा. परशुराम घिमिरे १,७४५, डा. दिक्षा बोहरा १,६४३, डा. जेवना अन्सारी १,६२५, डा. जीवन क्षेत्री १,५३२, डा. विजय कुमार शाह १,४७१, डा. गणेश चौधरी १,१८१ र डा. भवानी शिल्पकार ९२२ मत