काठमाडौं- सरकारको अध्यादेश अन्तर्गत पदमुक्त हुनेमा नपरेका वीर अस्पतालका निर्देशक डा दिलिप शर्माले पनि राजीनामा दिएका छन्।
उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालय स्रोताले जानकारी दिएको छ।
मन्त्रालयले राजीनामा भने अझै स्वीकृत गरिसकेको छैन।
सरकारले यसअघिका सरकारका पालामा भएका नियुक्ति खारेज गर्ने केही दिनअघि अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल)का पदाधिकारी पदमुक्त भएका छन्।
डा शर्माले समेत राजीनामा दिएपछि वीर नेतृत्वविहिन अवस्थामा पुगेको छ।
सरकारले नेतृत्वविहिन संस्थाको नियमित सञ्चालन तथा नयाँ नियुक्ति सम्बन्धी स्पष्ट निर्णय अझै गरिसकेको छैन। जसले वीर जस्ता संस्थाहरुको दैनिक कार्यसञ्चालन समेत समस्यामा पर्ने देखिएको छ।