काठमाडौं- डा सन्तोष उपाध्यायले मिस्टर नेपाल २०१९ को उपाधि जितेका छन्।
बिहीबार काठमाडौंको आयोजित कार्यक्रममा अन्य प्रतिपस्र्धीलाई पछि पार्दै डा उपाध्यायले सो उपाधि जितेका हुन्। उनले मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जितेका छन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा उपाध्याय हाल कमलबजार अछाममा मेडिकल अफिसरको रुपमा कार्यरत छन्।
चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केचआर्ट, संगीतमा रुची रहेको उनले बताए। उनले अब मिस्टर वर्ल्डको लागि तयारी गर्ने बताए।
उनले आफ्ना आमाबाहेक डा गोविन्द केसी, डा महाबीर पुनलगायतबाट प्रभावित भएको बताए।