काठमाडौं– अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ।
नेपाली समय अनुसार बिहीबार बिहान ८ बजे सम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६ सय ५६ पुगेको छ।
अमेरिकामा २४ घण्टामा २ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ।
त्यस्तै इटालीमा २७ हजार ६ सय ८२, युकेमा २६ हजार ९७, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ मानिसको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा २ लाख २७ हजार ५ सय ३५ जना मानिसको मृत्यु भएको छ। संसारभर २४ घण्टामा ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
संसारभर २४ घण्टामा ८१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै विश्वमा संक्रमित हुनेको संख्या ३१ लाख ९१ हजार ८ सय २७ पुगेको छ।
अमेरिकामा १० लाख ३८ हजार ४ सय ५१, स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ५ सय ४३, युकेमा १ लाख ६६ हजार ४ सय ४१, जर्मनीमा १ लाख ६१ हजार ५ सय ३९, टर्कीमा १ लाख १७ हजार ५ सय ८९ मानिस संक्रमित भएका छन्।
संसारभर ९ लाख ७२ हजार १ सय ७० जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्पेनमा १ लाख ३२ हजार ९ सय २९, अमेरिकामा १ लाख २० हजार ४ सय ४४, जर्मनीमा १ लाख २० हजार ४ सय, चीनमा ७८ हजार ४ सय ५५, इरानमा ७३ हजार ७ सय ९१, इटालीमा ७१ हजार २ सय ५२, फ्रान्समा ४९ हजार १ सय १८ जना मानिस निको भएर घर फर्किसकेका छन्।
सार्क देशको अवस्था
भारतमा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। बुधबार भारतमा १ हजार ७ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। ७१ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ।
भारतमा १ हजार ७९ जनाको मृत्यु भएको छ। ८ हजार ४ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा एकै दिनमा ९ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १५ हजार ५ सय २५ पुगेको छ। ३ सय ४३ जनाको मृत्यु भएको छ। ३ हजार ४ सय २५ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा बुधबार ६ सय भन्दा बढी संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ७ हजार १ सय ३ पुगेको छ। १ सय ६३ जनाको मृत्यु भइसकेको छ। १ सय ५० जना मानिसलाई निको भइसकेको छ।
अफ्गानिस्तानमा बुधबार १ सय ११ नयाँ बिरामी थपिएका छन् भने २ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ९ सय ३९ पुगेको छ। ६० जनाको मृत्यु भइसकेको छ। २ सय ५२ जना मानिसलाई निको भइसकेको छ।
श्रीलंकामा बुधबार ३० जना मानिस संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ४९ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ३६ जना मानिस उपचार पछि घर फर्किसकेका छन्।
माल्दिभ्समा बुधबार २८ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।
नेपालमा बुधबार ३ जना नयाँँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५७ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्। अब भुटानमा २ जना मात्र एक्टिभ संक्रमित रहेका छन्।