मुख्य समाचार

१० वर्ष मुनिका कोरोना संक्रमित बालबालिकाको संख्या १५ सय नाघ्यो, कुन जिल्लामा कति?

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित १० वर्ष मुनिका बालबालिकाको संख्या १ हजार ५ सय नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार बेलुकाको तथ्यांक अनुसार ४१ हजार ६ सय ४९ जना संक्रमितमध्ये १ हजार ५ सय ३ जना १० वर्ष मुनिका बालबालिका रहेका छन्। 

तीमध्ये ६ सय १४ जना बालिका छन् भने ८८९ बालक रहेको मन्त्रालयले जनाएको छ। 

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। 

त्यस्तै प्रदेश २ मा २९२, बाग्मती प्रदेशमा २२६, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ९६, प्रदेश १ मा ८५ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै ५६ जना बालबालिका संक्रमित भएका छन्।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, दोलखा, रसुवा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुमपूर्व, डोल्पा र हुम्ला गरी १६ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन। 

१० वर्ष मुनिका संक्रमित बालबालिका ः कुन जिल्लामा कति?
प्रदेश १

–    खोटाङमा १ बालक
–    इलाममा १ बालक 
–    झापामा २ बालिका र ६ बालक
–    मोरङमा २६ बालिका र २७ बालक। 
–    सुनसरीमा ८ बालिका र १२ बालक। 
–    उदयपुरमा २ बालिका। 

प्रदेश २
–    सप्तरीमा ११ बालिका र २० बालक। 
–    सिरहामा २ बालिका र २ बालक।
–    धनुषामा १३ बालिका र ३३ बालक। 
–    महोत्तरीमा ५ बालिका २० बालक। 
–    सर्लाहीमा २२ बालिका र २७ बालक। 
–    रौतहटमा २२ बालिका र ३६ बालक। 
–    बारामा ८ बालिका र १२ बालक।
–    पर्सामा २७ बालिका र ३२ बालक।

बाग्मती प्रदेश
–    सिन्धुपाल्चोकमा १ बालिका र १ बालक। 
–    धादिङमा ५ बालक।
–    नुवाकोटमा १ बालिका र १ बालक।
–    काठमाडौंमा ५७ बालिका र ७७ बालक। 
–    भक्तपुरमा २ बालिका र १४ बालक।
–    ललितपुरमा ९ बालिका २४ बालक।
–    काभे्रपलान्चोकमा २ बालिका र ३ बालक।
–    सिन्धुली १ बालिका र १ बालक। 
–    मकवानपुरमा ४ बालिका र ५ बालक।
–    चितवनमा ८ बालिका र १० बालक। 

गण्डकी प्रदेश
–    गोरखामा २ बालिका र ४ बालक। 
–    म्याग्दीमा १ बालिका १ बालक। 
–    कास्कीमा २ बालिका। 
–    लमजुङमा ३ बालिका र ५ बालक।
–    तनहुँमा २ बालिका र ४ बालक।
–    नवलपरासी पूर्वमा ३ बालिका ८ बालक। 
–    स्याङ्जामा ४ बालिका र १० बालक। 
–    पर्वतमा ३ बालक। 
–    बाग्लुङमा १ बालिका  र ३  बालक। 

प्रदेश ५
–    रोल्पामा १ बालिका र १ बालक। 
–    प्युठानमा ९ बालिका र २ बालक। 
–    गुल्मीमा १० बालिका र ८ बालक। 
–    अर्घाखाँचीमा ७ बालिका र ९ बालक। 
–    पाल्पामा ४ बालिका र ५ बालक। 
–    नवलपरासी पश्चिममा ४ बालिका र ४ बालक। 
–    रुपन्देहीमा २० बालिका र १८ बालक। 
–    कपिलवस्तुमा १४ बालिका र १७ बालक। 
–    दाङमा १४ बालिका र ७ बालक। 
–    बाँकेमा १९ बालिका र १७ बालक। 
–    बर्दियामा ४ बालिका र ४ बालक। 

कर्णाली प्रदेश
–    मुगुमा १ जना बालक
–    जुम्लामा १ बालिका र १ बालक। 
–    कालिकोटमा २ बालिका र ५ बालक। 
–    दैलेखमा ८ बालिका र ३२ बालक। 
–    जाजरकोटमा १ बालिका र १ बालक। 
–    रुकुम पश्चिममा १ बालिका र १ बालक।
–    सल्यानमा १ बालिका र ४ बालक। 
–    सुर्खेतमा १८ बालिका र १७ बालक। 

सुदूरपश्चिम प्रदेश
–    बाजुरामा ३२ बालिका र ३२ बालक। 
–    बझाङमा २१ बालिका र ३८ बालक। 
–    दार्चुलामा १ जना बालक।
–    बैतडीमा ८  बालिका र १२ बालक।
–    डडेल्धुरामा ६ बालिका र १२ बालक। 
–    डोटीमा ५५ बालिका र ७५ बालक। 
–    अछाममा ३० बालिका र ६३ बालक। 
–    कैलालीमा ५२ बालिका र ७७ बालक। 
–    कञ्चनपुरमा १० बालिका र १६ बालक।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने