काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका तीन हजार ८ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख २९ हजार ३ सय ४ जना कोरोना संक्रमितमध्ये ३ हजार ८ सय ८८ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये एक हजार ५ सय ७१ जना बालिका रहेका छन् भने २ हजार ३ सय १७ जना बालक रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा १ हजार ६ सय ८६ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।
त्यस्तै प्रदेश २ मा ४०१, प्रदेश ५ मा ४५४, कर्णाली प्रदेशमा १८३, प्रदेश १मा ३३५, सुदूरपश्चिम प्रदेशमा ६ सय ८७ जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १४२ जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ गरी ९ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
संखुवासभामा २ बालक
ओखलढुंगा १ बालिका
खोटाङ २ बालिका १ बालक
भोजपुरमा १ बालिका
इलाम १ बालक
झापामा ६ बालिका र १३ बालक।
मोरङमा ८८ बालिका र ११९ बालक
सुनसरीमा ४७ बालिका र ५१ बालक
उदयपुरमा ३ बालिका
सप्तरीमा १७ बालिका र ४२ बालक
सिराहमा ३ बालिका र १३ बालक
धनुषामा १६ बालिका र ३७ बालक
महोत्तरीमा ९ बालिका ३० बालक
सर्लाहीमा २६ बालिका र ३२ बालक
रौतहटमा २८ बालिका र ४२ बालक
बारामा १७ बालिका र २० बालक
पर्सामा ३१ बालिका र ३८ बालक
दोलखा ७ बालिका र ३ बालक
सिन्धुपाल्चोकमा ४ बालिका र ३ बालक
धादिङमा ६ बालिका ८ बालक
नुवाकोटमा २ बालिका र ११ बालक
काठमाडौंमा ४५४ बालिका र ६९२ बालक
भक्तपुरमा ५६ बालिका र ९६ बालक
ललितपुरमा ६५ बालिका र १२२ बालक
काभ्रेपलान्चोकमा १८ बालिका र १९ बालक
रामेछाप २ बालक
सिन्धुलीमा ३ बालिका र २ बालक
मकवानपुरमा १८ बालिका र २८ बालक
चितवनमा १९ बालिका र ४८ बालक
गोरखामा १२ बालिका र ८ बालक
म्याग्दीमा १ बालिका २ बालक।
कास्कीमा १३ बालिका १४ बालक
लमजुङमा ५ बालिका र ७ बालक
तनहुँमा ११ बालिका र ८ बालक
नवलपरासी पूर्वमा १२ र बालिका २४ बालक
स्याङ्जामा ४ बालिका र ११ बालक
पर्वतमा ३ जना बाल।
बाग्लुङमा १ बालिका र ६ जना बालक।
रुकुम पुर्व १ बालक
रोल्पामा २ बालिका र १ बालक
प्युठानमा १२ बालिका र १२ बालक
गुल्मीमा ११ बालिका र १२ बालक
अर्घाखाँचीमा १० बालिका र १४ बालक
पाल्पामा १० बालिका र ९ बालक
नवलपरासी पश्चिममा ८ बालिका र १३ बालक
रुपन्देहीमा २३ बालिका र २७ बालक
कपिलवस्तुमा २३ बालिका र २७ बालक
दाङमा २१ बालिका र १४ बालक
बाँकेमा ३८ बालिका र ३६ बालक
बर्दियामा १३ बालिका र १७ बालक
डोल्पामा २ जना बालक
मुगुमा १ जना बालक
हुम्ला १ जना बालक
जुम्लामा २ बालिका र २ बालक
कालिकोटमा २ बालिका र ९ बालक
दैलेखमा १० बालिका र ४० बालक
जाजरकोटमा २ बालिका र १ बालक
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ५ बालिका र १३ बालक
सुर्खेतमा ४२ बालिका र ४६ बालक
बाजुरामा ३२ बालिका र ३२ बालक
बझाङमा ३१ बालिका र ५२ बालक
दार्चुला २ बालिका ३ बालक
बैतडीमा १० बालिका र ११ बालक
डडेल्धुरामा ६ बालिका र १६ बालक
डोटीमा ६२ बालिका र ८५ बालक
अछाममा ४१ बालिका र ७८ बालक
कैलालीमा ७१ बालिका र १०५ बालक
कञ्चनपुरमा २५ बालिका र २५ बालक