काठमाडौं– नेपालमा ६० वर्षभन्दा बढी उमेरका १८ हजार ५ सयभन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २ लाख ११ हजार ४ सय ७५ जना संक्रमितमध्ये १८ हजार ७ सय ४५ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा ७ हजार ४ सय ३७ महिला र ११ हजार ३ सय ८ पुरुष रहेका छन्।
६१ वर्षदेखि ७० वर्ष उमेर समूहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन्। यो उमेर समूहका ११ हजार ४४ जना रहेका छन्। त्यस्तै ७१ देखि ८० वर्ष उमेर समूहका ५ हजार ४ सय ४३ र ८० वर्षभन्दा माथिका २ हजार २ सय ५८ जना वृद्धवृद्धा संक्रमित भएको तथ्यांक छ।
मन्त्रालयका अनुसार संक्रमित हुने वृद्धवृद्धा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ११ हजार ९ सय १९ जना रहेका छन्। त्यस्तै प्रदेश १ मा २ हजार ५ सय २६, प्रदेश २ मा १ हजार १ सय १८, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४, गण्डकी प्रदेशमा १ हजार ४३, सुदूरपश्चिममा ३ सय ६५ र कर्णाली प्रदेशमा १ सय ९० जना वृद्धवृद्धा संक्रमित भएका छन्।
कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित
प्रदेश १
६१–७० वर्ष ५४७ महिला र ९३० पुरुष
७१–८० वर्ष २९२ महिला र ४४० पुरुष
८० वर्ष माथिका १२७ महिला १९० पुरुष
प्रदेश २
६१–७० वर्ष २१९ महिला र ५३२ पुरुष
७१–८० वर्ष ८६ महिला र २१७ पुरुष
८० वर्ष माथिका १९ महिला र ४५ पुरुष
बागमती प्रदेश
६१–७० वर्ष २७२६ महिला र ४११३ पुरुष
७१–८० वर्ष १५३७ महिला र १९७६ पुरुष
८० वर्ष माथिका ६९८ महिला र ८६९ पुरुष
गण्डकी प्रदेश
६१–७० वर्ष २२० महिला र ४०९ पुरुष
७१–८० वर्ष १२० महिला र १७५ पुरुष
८० वर्ष माथिका वर्ष ४० महिला र ७९ पुरुष
लुम्बिनी प्रदेश
६१–७० वर्ष ३७७ महिला र ५९६ पुरुष
७१–८० वर्ष १७७ महिला र २८६ पुरुष
८० वर्ष माथिका ४७ महिला र १०१ पुरुष
कर्णाली प्रदेश
६१–७० वर्ष ४९ महिला र ७८ पुरुष
७१–८० वर्ष १८ महिला र २५ पुरुष
८० वर्ष माथिका वर्ष १३ महिला र ७ पुरुष
सुदूरपश्चिम प्रदेश
६१–७० वर्ष ८३ महिला र १६५ पुरुष
७१–८० वर्ष ३२ महिला र ६२ पुरुष
८० वर्ष माथिका वर्ष १० महिला र १३ पुरुष