धनगढी- नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथिको हिंसा रोक्न माग गर्दै संघले विरोध कार्यक्रम गरेको हो।
सेती प्रादेशिक अस्पतालदेखि सुरू भएको र्याली मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोण सभा गरिएको छ।
संघका सचिव डा कपिल भट्टले पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको बताए।
काम गरिरहेको स्थानमा सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने उनीहरूको माग रहेको छ।