धनगढी- स्वास्थ्य कार्यालय कैलाली गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेकाे भन्दै यस वर्ष पनि सम्मानित भएकाे छ। स्वास्थ्य निर्देशनालय दीपायलले धनगढीमा आयाेजना गरेकाे वार्षिक समिक्षा कार्यक्रममा ८८ दशमलब ७५ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट बनेकाे हाे ।
स्वास्थ्य कार्यालय कैलालीलाई प्रमाणपत्रसहित सम्मानित गरिएकाे थियाे । यस्तै ८२ दशमलब ५ प्रतिशत अंक प्राप्त गर्दै स्वास्थ्य कार्यालय अछाम दाेस्राे बनेकाे छ भने ८२ प्रतिशत अंक प्राप्त गर्दै स्वास्थ्य कार्यालय दार्चुला र बैतडी तेस्राे बनेकाे छ।
स्वास्थ्य कार्यालय डडेल्धुरा र कञ्चनपुरले ८१ दशमलब ७५ प्रतिशत अंक प्राप्त गरेकाे छ भने डाेटीले ७९, बाजुराले ७५ दशमलब २५ र बझाङले ७२ दशमलब पाँ प्रतिशत अंक प्राप्त गरेकाे छ।
समापनमा सहभागिहरूले स्वास्थ्यमा सुधार हुँदै गएपनि अपेक्षा अनुसार लक्ष्य प्राप्त गर्न नसकिएकाे प्रतिक्रिया दिएका छन्।