काठमाडौं- रसुवागढीस्थित टिमुरे स्वास्थ्य डेस्कमा कार्यरत ललिता देवी कुमाई सम्पर्कविहीन भएपछि आफन्तले उनको खोजी गरिदिन आग्रह गरेका छन्।
रसुवामा आएको बाढीपछि टिमुरे क्षेत्रमा स्वास्थ्य डेस्कसमेत प्रभावित भएको अवस्थामा कुमाईको अवस्था अज्ञात रहेको आफन्तले बताएका छन्। उनी त्यहाँ स्वास्थ्य सेवामा कार्यरत रहेको जनाइएको छ।
आफन्तले सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई उनको खोजी तथा उद्धारमा सहयोग गरिदिन आग्रह गरेका छन्। कुमाईबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी वा सम्बन्धित परिवारलाई खबर गरिदिनसमेत आग्रह गरिएको छ।