मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
समावेशी स्वास्थ्य बीमाको बाटोमाः तीन पक्षको भूमिका, समस्या र समाधान
स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन अनुसार गुणस्तरीय स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन २०७४ मा स्वास्थ्य बीमा ऐन जारी भई हाल सम्ममा स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लाका ७४९ वटा स्थानिय तहमा बिस्तार भई सकेको छ भने हाल १७ प्रतिशत जनसंख्या र २८ प्रतिशत घरपरिवार स्वास्थ्य बिमामा आबद्ध रहेका छन्। देशै भरीका प्राथमिक स्वास्थ्य केन्द्र देखि विशिष्टीकृत सरकारी तथा निजी अस्पतालहरू गरी ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था बोर्डमा सुचिकृत भई बिमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
शुक्रबार, भदौ १३, २०८२
डा गोविन्द केसीले आइतबारदेखि अनसन सुरु गर्ने
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा केसीले अनसन सुरु गर्न लागेका हुन्।
बिहीबार, भदौ १२, २०८२
बयालपाटा प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारी डा जोशीलाई
सुदूरपश्चिम प्रदेश सरकार मातहत अस्पताल सञ्चालनमा आएसँगै तत्कालका लागि अस्पताल प्रमुखको जिम्मेवारी एमडिजिपी एन्ड इमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर जोशीलाई प्रदान गरिएको हो।
बिहीबार, भदौ १२, २०८२
स्वर्णप्राशनबारे नेपाल आयुर्वेद चिकित्सक संघको धारणा : चार हजार वर्ष पुरानो प्रकिया, बालबालिका लागि लाभदायी
संघले जारी गरेको धारणा अनुसार, स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महको निश्चित मात्राको मिश्रणलाई उमेर अनुसार १ देखि ४ थोपा बिन्दुरूपमा बालबालिकालाई दिने प्रावधान छ। यसमा प्रयोग गरिने स्वर्ण भस्म र ब्राह्मी घृत आयुर्वेद औषधि व्यवस्था विभागमा दर्ता भएको तथा शुद्ध मह नेपाल सरकारको खाद्य तथा गुण नियन्त्रण विभागबाट प्रमाणित हुने व्यवस्था गरिएको बताइएको छ।
बिहीबार, भदौ १२, २०८२
स्वर्णविन्दु प्राशनको फरक दृष्टिकोण
यस्तै स्वर्णप्राशनका विषयमा पनि "सुन सुरक्षित छैन" भन्ने प्रश्न उठाइन्छ । तर स्वर्ण भस्म निर्माणका विधि, त्यसपश्चात् गरिने विभिन्न परीक्षा (वरितर, अङ्गुलिपूर्णता, अपुनर्भव आदि) को अध्ययन गर्न जरुरी छ । ती परीक्षा पास गरेका भस्महरूले शरीरमा कस्तो metabolism र clearance गर्छन् भन्ने अनुसन्धान अझै आवश्यक छ ।
बिहीबार, भदौ १२, २०८२
हैजाको रोकथामदेखि उपचारसम्म: फार्मासिस्टको महत्त्वपूर्ण भूमिका
डाटा सङ्कलन र रिपोर्टिङ: फार्मासिस्टले हैजाको शङ्कास्पद घटनाहरूको रिपोर्ट सम्बन्धित स्वास्थ्य अधिकारीहरूलाई दिएर जनस्वास्थ्य निगरानीमा भूमिका खेल्न सक्छन् । प्रकोपको अनुगमन, स्वास्थ्य जनशक्तिको समन्वय र परिचालनका लागि यो डाटा र रिपोर्टिङ स्वास्थ्य अधिकारीहरूका लागि महत्त्वपूर्ण हुन्छ ।
बिहीबार, भदौ १२, २०८२
स्वास्थ्य बीमा नवीकरण समयमा नगरे थप शुल्क लाग्ने : स्वास्थ्य बीमा बोर्ड
बोर्डका अनुसार विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ।
बुधबार, भदौ ११, २०८२
हर्ट अट्याकबाट जटिल अवस्थामा पुगेका बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार
लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गते अगाडिदेखि नै गाउँमा स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। सासप्रश्वास र मुटुमा समस्या देखिएपछि सुरुमा उनलाई पाटन अस्पताल लगिएको र त्यहाँ विद्युतीय झट्का दिएर अनियमित मुटुको धड्कनलाई सामान्य बनाउने कोशिष गरिएको थियो ।
बुधबार, भदौ ११, २०८२
ब्याडमिन्टन खेल्ने क्रममा लडेका केदार घिमिरे ‘माग्नेबुढा’को दायाँ कुममा चोट, चार हप्ता आराम गर्नुपर्ने
क्ल्याभिकल भनेको काँध र छातीलाई जोड्ने लामो हड्डी हो। यसको डिस्टल भाग काँधतर्फको छेउमा हुन्छ। सो भागमा सानो टुक्रा झर्ने वा चिरिने अवस्थालाई चिप फ्याक्चर भनिन्छ। सामान्यतया यस्तो चोट खेलकुद वा लडेपछिको चोटपटकका कारण हुने गर्छ।
बुधबार, भदौ ११, २०८२
स्वर्ण प्राशन: आयुर्वेदको प्राचीन अभ्यास र आधुनिक वैज्ञानिक आधार
स्वर्ण प्राशन आयुर्वेदको अनमोल उपहार हो, जसले बालबालिकाको स्वस्थ भविष्य निर्माणमा सहयोग गर्छ। स्वस्थ बच्चाहरूले स्वस्थ राष्ट्र निर्माण गर्छन्। यो प्रक्रिया चमत्कार नभई वैज्ञानिक स्वास्थ्य प्रवर्द्धन विधि हो, जसलाई नेपाल र भारतमा व्यापक रूपमा अपनाइएको छ। यसका मस्तिष्क, शारीरिक र रोग प्रतिरोधक लाभहरूको उचित दस्तावेजीकरणले यसको सफलता दर निर्धारण गर्न मद्दत गर्नेछ।
बुधबार, भदौ ११, २०८२
किन हामी बिहान ब्रेकफास्ट खान्छौं?
'ब्रेकफास्ट' को अर्थ: अंग्रेजी शब्द 'ब्रेकफास्ट' दुई शब्द मिलेर बनेको छ: 'ब्रेक' र 'फास्ट'। 'फास्ट' को अर्थ हो 'व्रत' वा 'उपवास'। हामी रातभर सुत्दा खाना खाँदैनौं, जसले गर्दा हाम्रो शरीर एक प्रकारको 'उपवास' वा 'फास्टिङ' मा हुन्छ। बिहान खाजा खाँदा हामी यस उपवासलाई 'तोड्छौं' वा 'ब्रेक' गर्छौं। त्यसैले, यसलाई 'ब्रेकफास्ट' भनिन्छ।
बुधबार, भदौ ११, २०८२
हैजा संक्रमणका कारण वीरगन्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाउने भएको छ। विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न लागिएको हो।
मंगलबार, भदौ १०, २०८२
जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ‘ई एम आर’ प्रणाली: मन्त्री पौडेलले गरे शुभारम्भ
जिपी अस्पतालमा ई एम आर प्रणाली स्थापनाका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सहयोग गरेको थियो। सो सहयोगका लागि मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठनप्रति आभार व्यक्त गरे।
मंगलबार, भदौ १०, २०८२
स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम
'स्वास्थ्य नै सम्पत्ति हो' भन्ने भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। हाम्रो शारीरिक, मानसिक, र सामाजिक समृद्धिको मूल आधार भनेकै हाम्रो स्वास्थ्य हो। स्वस्थ जीवनशैलीको मूलमा दुई आधारभूत तत्वहरू हुन्छन् – सन्तुलित भोजन र नियमित व्यायाम।
मंगलबार, भदौ १०, २०८२
गिजाको स्वास्थ्य : रोकथाम र उपचार- जनसाधारणका लागि बुझ्न सजिलो जानकारी
घरमै अपनाउन सकिने उपायहरूमा दिनमा दुईपटक नरम ब्रसले ब्रस गर्नु, हरेक दिन फ्लस वा ब्रस प्रयोग गरेर दाँतबीच सफा गर्नु, भिटामिन सी युक्त खानेकुरा खानु, एन्टिसेप्टिक माउथवास प्रयोग गर्नु, धूमपान छोड्नु, र नियमित रूपमा गिजाको विशेषज्ञलाई देखाउनु पर्दछ।
सोमबार, भदौ ९, २०८२
स्वास्थ्य मन्त्री पौडेल वीरगन्ज पुगेर भेटे हैजाको उपचार गराइरहेका बिरामी, उपचारमा कमी हुन नदिने आश्वासन
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, हालसम्म वीरगन्जमा १६१ जनाको झाडापखालाका नमुना परीक्षण गरिँदा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। हैजा नियन्त्रणका लागि जनचेतना, सुरक्षित खानेपानी र तत्काल उपचार सेवा प्रभावकारी बनाउन सरकार सक्रिय रहेको कार्यालयले जनाएको छ।
सोमबार, भदौ ९, २०८२
तिजको महत्व र स्वास्थ्यसँगको सम्बन्ध
माइतीले चेली–बेटीलाई बोलाएर द्वितियाको दिन दर खुवाउने परम्परामा मौलिकता थियो। निराहार बस्ने ब्रतको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्तालुहरूले मिठामिठा परिकार दरको रूपमा खाने र विशेष गरी माइती वा मावलीले आफ्ना चेली–बेटीलाई बोलाएर दर खुवाउने परम्परा मौलिक प्रचलन मानिन्थ्यो।
सोमबार, भदौ ९, २०८२
वीरगन्जका विभिन्न अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचाररत, ७१ जनामा हैजा पुष्टि
उनले भने, ‘वीरगञ्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं। बिरामीको उपचारमा कुनैपनि कमी वा लापरवाही हुन दिदैनौं । यसका लागि औषधि, उपकरण, जनशक्ति जे जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’
सोमबार, भदौ ९, २०८२
नेपालमा जनस्वास्थ्य अवस्था: समस्या, सम्भावना र समाधान
प्रारम्भमा प्राचीन सभ्यताहरू—मिस्र, भारत र ग्रीसमा सरसफाइ, पानीको व्यवस्थापन र रोग रोकथामका अभ्यासहरू जनस्वास्थ्यका आधारशिला बने। रोमन सभ्यताले ढल निकास प्रणाली, स्नानगृह र खानेपानी आपूर्ति प्रणाली विकास गरी सामुदायिक स्वास्थ्य सुधारमा योगदान गरेको देखिन्छ। मध्ययुगमा महामारीहरू (जस्तै– ब्ल्याक डेथ) ले जनस्वास्थ्यको महत्व झन् प्रष्ट गर्यो।
सोमबार, भदौ ९, २०८२
बालबालिकालाई स्वर्णभस्म खुवाउने सरकारी अभियानमा बाल रोग विशेषज्ञ समाजको असहमति, रोक्न आग्रह
सोसाइटीले शिशुहरूमा स्वर्णकल्प सेवनबाट प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको वैज्ञानिक आधार नभएको र सो पदार्थमा हेभी मेटल (सुन) को सम्भावित जोखिम रहेको उल्लेख गरेको छ। साथै, नेपालमा गरिएका बजार सर्वेक्षणमा केही आयुर्वेदिक उत्पादनहरूमा सिसा (लेड), पारो (मर्क्युरी), आर्सेनिक जस्ता विषालु तत्व पाइएको तथ्य प्रस्तुत गर्दै यसले बाल स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ।
सोमबार, भदौ ९, २०८२
विपद्मा स्वास्थ्य सेवा: के हो स्वास्थ्य मन्त्रालयले ल्याएको ‘वैकल्पिक उपचार क्षेत्र’?
निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले विपद्को जुनसुकै अवस्थामा समेत स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उदेश्यले यसलाई व्यवस्थित गर्न खोजेको बताएका छन्। 'सम्भावित विपद्को समयमा अस्पताल आफैँ जोखिममा पर्दा पनि नागरिकले उपचारबाट वञ्चित नहुन् भनेर अस्पतालले आफ्नो विपद् प्रतिकार्य योजनामै वैकल्पिक उपचारको समेत तयारी गर्नुपर्ने प्रावधान राखिएको छ। यस व्यवस्थाले विपतको अफ्ठ्यारो परिस्थितिमा समेत नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् र क्रमशः हाम्रो स्वास्थ्य प्रणालीलाई थप सबल र सुरक्षित बनाउन सघाउ पुग्नेछ,' मन्त्री पौडेलले भने।
आइतबार, भदौ ८, २०८२
हैजाको संक्रमण र यसबाट जोगिने उपायहरू
हैजा एक प्रकारको ब्यान्टेरियल संक्रमण हो जुन भाइब्रो कोलेरा नामक ब्याक्टेरियाबाट हुन्छ। यो रोग प्रायः पानी र खानाको माध्यमबाट शरीरमा प्रवेश गर्छ। यस रोगको मुख्य लक्षण भनेको अत्यधिक पखाला (पानी जस्तो दिसा), बान्ता, शरीरमा पानीको कमी (डिहाइड्रेसन) र कमजोरी हो।
आइतबार, भदौ ८, २०८२
नेपाल डेन्टल एशोसिएसन पर्सा शाखामा नयाँ कार्यसमिति चयन
नवनिर्वाचित उपाध्यक्ष डा. हरीश कुमार शाहले दन्त चिकित्सकहरूको हकहितमा संस्था निरन्तर सक्रिय रहने बताए। उनका अनुसार संस्था शैक्षिक कार्यक्रममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूसँग ज्ञान र सीपको आदान–प्रदान गर्दै आएको छ। उहाँले दन्त क्षेत्रमा सुधार, अनुसन्धान र अभ्यासी शिक्षामा केन्द्रित भई केन्द्रिय शाखासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
आइतबार, भदौ ८, २०८२
वीरगञ्जमा हैजाको प्रकोप फैलिएपछि दुई दिनका लागि विद्यालय बन्द
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन्। संक्रमितहरू महानगरको वडा नम्बर ११, १२, १३ र १६ मा फेला परेका छन्।
आइतबार, भदौ ८, २०८२
चिकित्सा शिक्षामा करुणा र मानवीयताको महत्व
चिकित्साशिक्षा केवल शरीरको रोगको अध्ययनमा सीमित हुनु हुँदैन। स्वास्थ्य शिक्षाको उदेश्य सम्पूर्णतामा मानिसलाई बुझ्ने र उपचार गर्ने दिशामा केन्द्रित हुनुपर्छ। नेपालको वर्तमान पाठ्यक्रममा विज्ञान र प्रविधिलाई प्राथमिकता दिइए पनि संवाद सीप, समुदायप्रतिको सकारात्मक धारणा, बिरामीको व्यक्तिगत र पारिवारिक पृष्ठभूमि,उनीहरुको आत्मसम्मान र सामाजिक सन्दर्भप्रति संवेदनशीलताको बढाउने पाठ्यक्रम तथा पाठ्यपुस्तक समाबेस गरीएको छैन।
आइतबार, भदौ ८, २०८२
भारतको माइन्डस् र कान्तिपुर डेन्टल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर
सम्झौतामा कान्तिपुर डेन्टल कलेजका तर्फबाट अध्यक्ष डा. बुद्धि मान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीक मान श्रेष्ठले हस्ताक्षर गरे भने माइन्डस् तर्फबाट अध्यक्ष के. पी. रमेशकुमार र प्रिन्सिपल प्रा. डा. अनिल मलेथले हस्ताक्षर गरेका छन्
शनिबार, भदौ ७, २०८२
विवादित महत फेरि नियुक्तिको दौडमा, कार्मचारीले १३ बुँदे आरोप लगाउँदै दिए आन्दोलनको चेतावनी
प्रतिष्ठानका ५३ जना कर्मचारीहरुले सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षण पत्र बुँझाउँदै आन्दोलनको चेतावनी दिएका हुन्। उक्त पत्र प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोधार्थ गरिएको छ।
शनिबार, भदौ ७, २०८२
मेडिकल कलेजको सिट वृद्धि निर्णय फिर्ता नलिए आन्दोलन गर्ने डा केसीको चेतावनी
डा केसीले पत्रकार सम्मेलन गर्दै एमबीबीएसमा सिट संख्या वृद्धि हुँदा मेडिकल शिक्षा जस्तो संवेदनशील क्षेत्रको गुणस्तरमा ह्रास आउने बताएका छन्। यसले प्रत्यक्ष रूपमा जनताको स्वास्थ्य सेवाको गुणस्तरमा नकारात्मक असर पुर्याउने भएकाले यो निर्णय अस्वीकार्य रहेको उनी बताउँछन्।
शनिबार, भदौ ७, २०८२
डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो 'सकिएन' सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले नयाँ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
शनिबार, भदौ ७, २०८२
तमिलनाडुमा एक बालकको औषधिको ट्याबलेट अड्किएर मृत्यु: अपनाउनुपर्छ यस्तो सावधानी
अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सका अनुसार, पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा खाना वा साना वस्तु गलामा अड्किँदा श्वास अवरुद्ध हुने जोखिम हुन्छ। यदि श्वास नलीमा केही अड्कियो भने फोक्सो र मस्तिष्कसम्म अक्सिजन पुग्न रोकिन्छ।
शनिबार, भदौ ७, २०८२
Previous
104
105
106
107
108
Next
सर्च गर्नुहोस्
×
Search