काठमाडौं - आफैँमाथि आगो लगाएकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। उनको शुक्रबार मृत्यु भएको हो।
गत शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताएका थिए।
फोक्सो समेत जलन भएकाले मेसिनको सहयोगले कृत्रिम सास दिएर उनलाई जोगाउने प्रयास चिकित्सकले गरेका थिए।
गायिका पौडेले मृत्युपछि संगीतकार बाबुल गिरीबिरुद्ध परिवारले प्रहरीमा जाहेरी दिएको छ। उनकै स्टुडियोबाहिर गायिका पौडेलले आफैँमाथि आगो लगाएकी थिइन्।