मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण
बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणमा सहजिकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
बिहीबार, भदौ १८, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
विज्ञ तथा सरोकारवालाहरूका अनुसार, जलवायु संकटको प्राथमिक जिम्मेवारी उच्च उत्सर्जन गर्ने धनी देशहरूको हो। नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको ‘हानि तथा नोक्सानी’ (Loss and Damage) को मुद्दाअन्तर्गत विकसित देशहरूले पूर्वसूचना प्रणाली जडान, प्रविधि हस्तान्तरण र पुनर्निर्माणका लागि ऋण नभई अनुदानमा आधारित ‘जलवायु वित्त’ उपलब्ध गराउनु जलवायु न्यायको विषय हो।
बिहीबार, भदौ १८, २०८३
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सव स्थगित, खर्च हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
अस्पतालले राष्ट्रिय विपद्को संवेदनशील घडीमा आफ्ना सम्पूर्ण कर्मचारी तथा सरोकारवालालाई एकजुट भई सम्भावित अवस्थाका लागि तयार रहन आग्रह गरेको छ। साथै, आ–आफ्नो तर्फबाट राज्यलाई सक्दो सहयोग गर्न पनि अस्पतालले आह्वान गरेको छ।
बिहीबार, भदौ १८, २०८३
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
समस्या सामान्यजस्तो देखिए पनि यसले कतिपय पुरुषको दैनिक जीवन, आत्मविश्वास र मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। धेरैले यसलाई उमेर बढ्दै जाँदाको समस्या ठान्छन्। तर पीएमडी युवावस्थाका पुरुषमा पनि देखिन सक्छ।
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
विपद्को वास्तविक असर मृत्यु र भौतिक क्षतिमा मात्र सीमित हुँदैन। यसले खानेपानीका स्रोत दूषित पार्ने, शौचालय तथा सरसफाइ प्रणालीमा क्षति पुर्याउने, फोहोर व्यवस्थापनमा समस्या ल्याउने तथा मानिसलाई घर छाडेर अस्थायी र भीडभाडयुक्त स्थानमा बस्न बाध्य बनाउँछ। यसका साथै स्वास्थ्य संस्थामा पहुँच अवरुद्ध हुँदा नियमित स्वास्थ्य सेवा तथा औषधिको उपलब्धतामा समेत समस्या निम्तन्छ। यी सबै अवस्थाले मानिसको रोगसँगको सम्पर्क बढाउँदै सङ्क्रमण फैलिने वातावरण सिर्जना गर्छन्।
बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीपीडितका लागि नेपाल न्यूरोसर्जनस् समाजद्वारा ५ लाखको राहत सहयोग
नेपाल न्यूरोसर्जनस् समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. बिनोद राजभण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामनासमेत गरिएको छ।
बुधबार, भदौ १७, २०८३
स्वास्थ्यमन्त्री निशा मेहता बाढी प्रभावित क्षेत्रमा
अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय लगायतका सेल्टर पुगेर अवस्थाको जानकारी लिएकी छन्।
बुधबार, भदौ १७, २०८३
'बाढी प्रभावित क्षेत्रमा रोग तथा महामारीको जोखिम हुनसक्छ, सचेत रहौँ'
प्रभावित क्षेत्रमा खाद्यान्न वितरणका लागि पुगेकाहरुले पनि जंकफुडको सट्टामा पोसिलो खानेकुरा दाल, चामल, चिउरा, गेडागुडी जस्ता अति आवश्यक र पोषणयुक्त खानेकुरा वितरण गर्नु उपयुक्त हुन्छ। बाढी प्रभावित बसोबास गरिरहेका मास सेल्टरहरुमा सरसफाइ, स्वच्छ खानेपानी, शौचालयको व्यवस्थापन अहिलेको आवश्यकता हो।
बुधबार, भदौ १७, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले गंगालालको पत्र र आवश्यक प्रक्रिया पूरा गर्दै बायोमेडलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले उमेश कुमार अग्रवाल नेतृत्वको बायोमेडलाई एक वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ। अग्रवाल बायोमेडका बायोमेडका प्रबन्ध निर्देशक हुन्।
बुधबार, भदौ १७, २०८३
स्वास्थ्यकर्मी मुडभरीद्वारा बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि हस्तान्तरण
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित तटीय क्षेत्रका बासिन्दालाई लक्षित गरी अत्यावश्यक औषधि उपलब्ध गराइएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ३ कुमारी निवासी तथा वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दीपक मुडभरीले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा होल्डिङ सेन्टरहरूमा उक्त औषधि हस्तान्तरण गरेका हुन्।
बुधबार, भदौ १७, २०८३
बडिगाडका स्वयंसेविकाद्वारा बाढिपिडितका लागि १ लाख रुपैयाँ सहयोग
स्वास्थ्य स्वयंसेविकाहरूले आफूहरू समुदायमा स्वास्थ्यसम्बन्धी कामका लागि घरघर पुग्ने भएकाले विपद्का कारण परिवारले भोग्नुपरेको पीडा नजिकबाट बुझ्ने गरेको बताएका छन्। बडिगाडका १०३ महिला स्वास्थ्य स्वयंसेविकाले गरेको यो सहयोग रकम आर्थिक हिसाबले ठूलो नहोला। तर, विपद्मा परेका नागरिकप्रति गाउँको एउटा कुनाबाट देखाइएको यो साथले ‘सहयोग रकमले होइन, भावनाले ठूलो हुन्छ’ भन्ने सन्देश दिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउँछिन । यहाँ महिला स्वास्थ्य स्वयं सेविकाले कोभिडको बेलामा पनि सक्रिय रुपमा सहयोग गरेका थिए ।
बुधबार, भदौ १७, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
तसर्थ, सम्झौता अवधि लामो राखियो भन्दैमा, काल्पनिक कुरा गरेर आम जनतामा भ्रम छरिनु राम्रो होइन। सम्झौता अवधि जुनसुकै बेला भंग गर्न सकिने र दुवै पक्षको सहमतिमा थपघट वा संशोधन गर्न सकिने प्रावधान छ। साथै गेटामा एकबर्ष भित्रै सम्पूर्ण सुविधा सहितको पाँचसय शैयाको अस्पताल सञ्चालनमा ल्याउने तयारी समेत भइरहेको हुँदा सबैले विश्वविद्यालय सञ्चालनको विषयलाई सकारात्मक अर्थमा बुझौ र रचनात्मक सहयोग गरी असल नागरिकको कर्तव्य निर्वाह गरौँ । धन्यवाद !!
बुधबार, भदौ १७, २०८३
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त
मंगलबार, भदौ १६, २०८३
यतिकेम ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख सहयोग
वैद्यले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए
मंगलबार, भदौ १६, २०८३
त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह र रजिस्ट्रारमा सिवाकोटी
त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्त भएका छन्। त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा प्रा.डा अन्जना सिंह र रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएका छन्।
मंगलबार, भदौ १६, २०८३
यस्तो छ संशोधित शव व्यवस्थापन निर्देशिका
भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि शव व्यवस्थापनको सकसमा परेको गृह मन्त्रालयले पहिचान नभएका वा बेवारिसे शव व्यवस्थापनसम्बन्धी २०७८ को निर्देशिका संशोधन गरेको हो।
मंगलबार, भदौ १६, २०८३
हुम्ला अस्पतालबारे धारणा राखेका चिकित्सक डा. उमाकान्त तिवारीको सरुवा
‘हेर्ने कथा’को हुम्ला सम्बन्धी कथामा हुम्ला अस्पतालको सेवा, जनशक्ति र भौतिक अवस्थालगायतका विषयमा चर्चा भएपछि डा. तिवारीले अस्पतालको अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। त्यसको केही दिनमै उनको कर्णाली प्रदेशमा सरुवा भएपछि उनको पछिल्लो अभिव्यक्तिलाई सरुवाप्रतिको असन्तुष्टिका रूपमा हेरिएको छ।
मंगलबार, भदौ १६, २०८३
जति छिटो थाहा पाउँछौँ, त्यति धेरै गर्न सक्छौँ: नेपालमा डिमेन्सिया निदानको खाडल
नेपाल पनि तीव्र रूपमा वृद्ध समाजतर्फ अघि बढिरहेको छ। नेपालमा ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या सन् २००१ मा करिब ६.५ प्रतिशत रहेकोमा सन् २०२१ सम्म आइपुग्दा करिब १०.२ प्रतिशत पुगेको छ। सन् २०५० सम्म यो अनुपात लगभग १७.९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। अर्थात्, अबको एक पुस्ताभित्र नेपालका झन्डै प्रत्येक पाँच जनामध्ये एक जना ज्येष्ठ नागरिक हुन सक्छन्।
मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, सतर्क रहन विज्ञको सुझाव
विपद्पछि उद्धार र राहतसँगै खानेपानी, सरसफाइ, खाद्य सुरक्षा, रोगको निगरानी तथा तत्काल उपचारको व्यवस्था प्रभावकारी बनाउन सके सम्भावित स्वास्थ्य संकट नियन्त्रण गर्न सकिने स्वास्थ्य विज्ञहरूको भनाइ छ।
मंगलबार, भदौ १६, २०८३
प्रदेशका चार अस्पतालसँग सम्झौता गर्दै उपकुलपति डा जोशीले भने- 'गेटा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल बन्छ'
‘गेटामा विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल विकास हुन्छ, प्रदेशभरका अस्पतालसँग सहकार्य पनि निरन्तर हुन्छ,’ उपकुलपति प्रा.डा. जोशीले भने, ‘यी एकअर्काका विकल्प होइनन्, सुदूरपश्चिमको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा बलियो बनाउने साझा प्रयास हुन्।’
मंगलबार, भदौ १६, २०८३
खैरहनीका महिला स्वास्थ्य स्वयंसेविकाले रसुवा बाढीपीडितका लागि दिए ३९ हजारभन्दा बढी सहयोग
बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी सहयोग गरेको महिला स्वास्थ्य स्वयंसेविकाहरूले बताएका छन्।
मंगलबार, भदौ १६, २०८३
जिन्दगीबाट हराएका १२ घण्टा
केही धमिला दृश्यहरू मानसपटलमा घुमिरहेका थिए। म अस्पतालको शय्यामा हुँदा डा. चेतराज जोशी, डा. निरज अर्याल, डा. सन्तोष र अरू एक जना चिकित्सकले मलाई हेरेर गएको जस्तो लागेको थियो। तर, त्यो वास्तविकता थियो कि सपना, छुट्याउन सकिरहेको थिइनँ।
मंगलबार, भदौ १६, २०८३
लयमा फर्किँदै स्वास्थ्य बीमा : अघिल्लो वर्षसम्मको बक्यौता भुक्तानी फर्छ्योट
बोर्डका अनुसार २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो।
सोमबार, भदौ १५, २०८३
रसुवाको बाढी प्रभावित लिङलिङमा विशेषज्ञ टोलीद्वारा स्वास्थ्य सेवा प्रदान
विशेषज्ञ टोलीले लिङलिङका करिब ५० जना स्थानीयलाई प्रत्यक्ष उपचार तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको छ। उपचारका क्रममा विपत्तिपछि मानिसहरूमा डर र त्रास पैदा भएकाले धेरैजसोमा 'पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर' अर्थात् मानसिक आघातको समस्या देखिएको डा. गोहिवारले जानकारी दिए।
सोमबार, भदौ १५, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा एमईसीईईको आवेदनको म्याद थप, भदौ २५ सम्म नियमित दस्तुरमा आवेदन दिन सकिने
बैंकमा शुल्क दाखिला गरेको भौचरका आधारमा उम्मेदवारले भदौ २५ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन पेश गर्न सक्नेछन्। आयोगका अनुसार भदौ २५ गते अपराह्न ५ बजेदेखि भदौ ३१ गते अपराह्न ५ बजेसम्म भने दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
सोमबार, भदौ १५, २०८३
भोटेकोसी बाढीका १४ घाइते त्रिशुली अस्पतालबाट डिस्चार्ज, १ घाइतेको आईसीयूमा उपचार हुँदै
त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाका अनुसार बाढीमा परी घाइते भएका १७ जनालाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तीमध्ये एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार, भदौ १५, २०८३
अन्नपूर्ण न्युरो हस्पिटल तथा स्टाफको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख सहयोग
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले हस्पिटल तथा स्टाफको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। विपद्को समयमा राज्य तथा प्रभावित समुदायलाई साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हस्पिटलले जनाएको छ।
सोमबार, भदौ १५, २०८३
विपद् प्रभावितका लागि आर्या फार्माल्यावद्वारा साढे ८२ लाख बढीको औषधि सहयोग
विपद्का बेला महामारी वा अन्य स्वास्थ्य समस्या फैलिन नदिन र प्रभावित क्षेत्रमा औषधि अभाव हुन नदिन यो सहयोग गरिएको कम्पनीले जनाएको छ। साथै, आगामी दिनमा परिस्थिति अनुसार थप स्वास्थ्य उपकरण वा औषधि आवश्यकता परेमा पुनः सहयोग उपलब्ध गराउन कम्पनी तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
सोमबार, भदौ १५, २०८३
बाढीमा आफन्त हराइरहेकालाई प्रहरीको सूचना : डीएनए परीक्षणका लागि रगत दिन आउनुहोस्
रगतको नमुना उपलब्ध गराउन सम्बन्धित आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
सोमबार, भदौ १५, २०८३
अमेरिकन ट्राभल एडभाइजरी : नेपालमा स्वास्थ्य सेवाको उपलब्धतामा प्रश्न
तीन दिनअघि जारी अमेरिकी ट्राभल एडभाइजरीमा नेपालका स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन गर्ने क्षमता सीमित रहेको उल्लेख गरिएको छ। विशेषगरी गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएमा आवश्यक उपचार तत्काल उपलब्ध नहुन सक्ने भन्दै यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।
सोमबार, भदौ १५, २०८३
Previous
5
6
7
8
9
Next
सर्च गर्नुहोस्
×
Search