मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार ६, २०८३
Sun, Jun 21, 2026
शनिबार, असार ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ?
भिभावकहरूले सुरुमा आफ्ना सन्तानलाई यस्ता खानेकुराबाट टाढै राख्न खोज्छन्। तर, घरमा आउने आफन्त, मामा, काका वा हजुरबुबा–हजुरआमाले ‘मायाको कोसेली’ भन्दै बोकेर आउने चकलेट र बिस्कुट नै अन्ततः ती कलिला बालबालिकाका लागि कुलत बन्न पुग्छ। अभिभावकको बाध्यता र समाजको असावधानीले हाम्रा सन्तति बिस्तारै ‘स्लो पोइजन’ (धीमा विष) को सिकार भइरहेका छन्।
शुक्रबार, जेठ १५, २०८३
स्वास्थ्यमा बजेट बढ्दै : स्वास्थ्य बीमामा मात्रै दोब्बरले वृद्धि गर्ने सम्भावना
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन्। सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई ‘पुनर्जागरण’ गर्ने उल्लेख गरेको थियो। सोही लक्ष्यअनुसार बीमा कार्यक्रम विस्तार र सुधारका लागि बजेट छुट्याउने तयारी गरिएको स्रोतले जनाएको छ।
शुक्रबार, जेठ १५, २०८३
संघीय संसदबाट आज बजेट प्रस्तुत हुँदै, स्वास्थ्य क्षेत्रले पाउला त प्राथमिकता ?
सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई ‘पुनर्जागरण’ गर्ने उल्लेख गरेकाले आजको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः प्रभावकारी बनाउने गरी नयाँ व्यवस्था आउने अपेक्षा गरिएको छ । विगत केही वर्षदेखि दाबी भुक्तानीमा ढिलाइ, सेवा प्रदायक अस्पतालको असन्तुष्टि तथा नागरिकको घट्दो सहभागिताका कारण स्वास्थ्य बीमा कार्यक्रम कमजोर बन्दै गएको भन्दै आलोचना हुँदै आएको थियो ।
शुक्रबार, जेठ १५, २०८३
आर्थिक सर्वेक्षणमा चिकित्सकको तथ्यांक गलत, तथ्यांक बढी देखाउने खेल कि कमजोरी?
काउन्सिलको तथ्यांक अनुसार हाल नेपालमा वास्तविक रूपमा दर्ता भएका कुल ४१ हजार २ सय ७० चिकित्सक (३५,१८७ मेडिकल र ६,०८३ दन्त चिकित्सक) मध्येबाटै करिब १३ हजारले विशेषज्ञता हासिल गरेका हुन्।
बिहीबार, जेठ १४, २०८३
स्वादको मोहले बिग्रँदै बालबालिकाको स्वास्थ्य: यसरी घरमै बनाउन सकिन्छ स्वस्थकर खाजा
खानपानले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष रूपमा असर गर्ने भएकाले अभिभावकहरूले सधैँ स्वस्थकर खानाको विकल्प रोज्नुपर्ने र यसको अभ्यास गराउनुपर्ने उनले बताइन्। बालबालिकाको उमेर र शारीरिक अवस्था अनुसार पनि खानाको मात्रा मिलाउनुपर्ने भएकाले पोषणविद् (डाइटिसियन) सँग परामर्श गर्न उनको सुझाव छ।
बिहीबार, जेठ १४, २०८३
दण्डहीनताको चक्रमा अस्पताल र स्वास्थ्यकर्मी
स्वास्थ्यकर्मीलाई शत्रुको रूपमा होइन, समाज र नागरिकका रक्षकका रूपमा हेर्नुपर्ने समय आएको छ। स्वास्थ्यकर्मीलाई भयमुक्त वातावरणमा काम गर्न दिनु राज्य, राजनीतिक दल, स्थानीय प्रशासन र आम नागरिक सबैको साझा दायित्व हो। अन्यथा, दुर्व्यवहार र दण्डहीनताको यही चक्रले एक दिन दक्ष डाक्टर र नर्सहरूलाई विदेशिन बाध्य बनाउनेछ, जसको असर केवल अस्पतालमा मात्र होइन, सम्पूर्ण सार्वजनिक स्वास्थ्य प्रणालीमा पर्नेछ।
बिहीबार, जेठ १४, २०८३
अस्पताल कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले मानसिक स्वास्थ्य, तनाव नियन्त्रण तथा योग अभ्यासको महत्त्वबारे जानकारी प्राप्त गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
बिहीबार, जेठ १४, २०८३
स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन दिन आगामी बजेटमा कस्तो व्यवस्था हुनुपर्छ?
औषधिको आयातका क्रममा नेपाल सरकारले ५ प्रतिशत भन्सार तोके पनि भन्सार अधिकृतले विभिन्न बहानामा २८ प्रतिशतसम्म जरिबाना लगाउने गरेको भन्दै उनले सरकारलाई निगरानी बढाउन सुझाव दिएका छन्। व्यक्तिगत लाभ दिन सके ५ प्रतिशतमा नै काम हुने, नत्र २८ प्रतिशतसम्म लगाइने प्रवृत्तिका कारण सरकारले यसमा अनुगमन तथा निगरानी बढाउनुपर्ने उनी बताउँछन्।
बिहीबार, जेठ १४, २०८३
नवजात शिशु मृत्युदरमा घट्ने क्रमको प्रगति रोकियो, स्वास्थ्य सेवामा सुधार अपरिहार्य
त्यसैगरी, शीघ्र कुपोषण अर्थात् ख्याउटेपन (Wasting) मा पनि अपेक्षित सुधार हुन सकेको छैन। NDHS 2022 मा करिब ८ प्रतिशत रहेको ख्याउटेपन NMICS 2024/25 मा ६.६ प्रतिशतमा झरेको देखिए पनि यो दिगो विकास लक्ष्य (SDGs) अनुरूपको लक्ष्यभन्दा माथि रहेको प्रतिवेदनमा उल्लेख छ। खाद्य असुरक्षा, गरिबी तथा संक्रमणजन्य रोगहरूको प्रभाव अझै शीघ्र कुपोषणसँग सम्बन्धित रहेको छ।
बिहीबार, जेठ १४, २०८३
फिल्ममा धूम्रपान दृश्य नियन्त्रण गर्न कानुनी व्यवस्थाका लागि सांसद डा आनन्द चन्दको माग
उनले बेलायतमा ५ हजारभन्दा बढी किशोर–किशोरीमा गरिएको अध्ययनले फिल्ममा धुम्रपानका दृष्य हेर्दा धूम्रपान सुरु गर्ने जोखिम १०० प्रतिशतभन्दा बढी बढ्ने देखाएको तथा नियमित धूम्रपान गर्ने जोखिम ६८ प्रतिशतले बढेको तथ्य प्रस्तुत गरे। नर्वेमा गरिएको अर्को अध्ययनले 'कुल पिपुल स्मोक' भन्ने धारणा विकास गर्न फिल्मले भूमिका खेलेको निष्कर्ष निकालेको पनि उनले बताए।
बिहीबार, जेठ १४, २०८३
सुर्तीजन्य पदार्थमा कर बढाउन सत्ता पक्षीय ३० सांसदको अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र
सुर्तीजन्य पदार्थमा कर बढाउन माग गर्दै सत्ता पक्षीय ३० सांसदले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति समेत रहेकी डा. ओजश्वी शेरचनको नेतृत्वमा उक्त पत्र बुझाइएको छ।
बिहीबार, जेठ १४, २०८३
नेपालमा ३ लाख ८५ हजार ३ सय ७० स्वास्थ्यकर्मी दर्ता : आर्थिक सर्वेक्षण
आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांक अनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद् लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ८५ हजार ३ सय ७० पुगेको छ। २०८१ फागुनसम्म यस्तो सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ रहेको थियो।
बिहीबार, जेठ १४, २०८३
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीको राजीनामा
मीनभवनस्थित निजामती कर्मचारी अस्पताल का कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। प्राडा रेग्मी गत २८ फागुन २०८१ मा चार वर्षे कार्यकालका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। तर पछिल्लो राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै उनले कार्यकाल बाँकी रहँदै पद त्याग गरेका हुन्।
बिहीबार, जेठ १४, २०८३
सुर्तीजन्य पदार्थमा कर बढाउन ‘एक्सन नेपाल’को माग
प्रतिवेदनअनुसार विश्व स्वास्थ्य संगठनले चुरोटको खुद्रा मूल्यमा १० प्रतिशत वृद्धि हुँदा उच्च आय भएका देशमा करिब ४ प्रतिशत र न्यून तथा मध्यम आय भएका देशमा ६ देखि ८ प्रतिशतसम्म उपभोग घट्ने जनाएको छ। एक्सन नेपालका अनुसार नेपालमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा सुर्तीजन्य पदार्थको प्रयोग उच्च छ। यीमध्ये कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा गरिबीको दर पनि उच्च भएकाले सुर्ती नियन्त्रणलाई आर्थिक समृद्धिसँग जोडेर हेर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
बिहीबार, जेठ १४, २०८३
क्यान्सरको औषधि अभाव हटाउन 'स्वचालित मूल्य समायोजन प्रणाली' लागू गर्न माग
सिस्प्लाटिन र कार्बोप्लाटिन औषधिको अभावबारे शुक्रबार स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधिहरूसँग गरेको छलफलमा संघले बिरामीको ज्यान जोखिममा पर्न सक्ने भन्दै ३ साताका लागि औषधि आपूर्ति गर्ने बताएको थियो।
बुधबार, जेठ १३, २०८३
जेठ १६ देखि निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवाका लागि स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिने
स्वास्थ्य बीमा बोर्डका अनुसार बोर्ड बैठक (मिति २०८३/०२/११) ले गरेको निर्णयअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका आकस्मिक बाहेकका अन्य सम्पूर्ण बीमा सेवाहरू अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिनेछ। बोर्डले जारी गरेको पत्रमा भनिएको छ कि वित्तीय दवाब र बढ्दो दायित्वका कारण सेवा निरन्तरता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ, जसलाई मध्यनजर गर्दै तत्कालका लागि यो निर्णय लिनुपरेको हो।
बुधबार, जेठ १३, २०८३
गर्मीमा यसकारण नरिवल पानी पिउने
यसले तिर्खा मेट्नुका साथै स्वास्थ्यमा विभिन्न फाइदा पुर्याउँछ। पोषणविद् अतुल उपाध्याय गर्मीमा शरीरलाई चिसो, स्फूर्तिलो र हाइड्रेटेड राख्न नरिवल पानी अमृत समान मानिने बताउँछन्।
बुधबार, जेठ १३, २०८३
स्वास्थ्य बीमाको सर्भर किन धेरै डाउन हुन्छ?
सेवा प्रदायक अस्पताल र स्वास्थ्य बीमा बोर्डको प्रणाली इन्टर-अपरेबल हुनुपर्ने तथा सबै भेन्डरको एउटै प्रणाली नभएका कारण यस्तो भएको उनले बताइन्। स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायकको आ-आफ्नो सफ्टवेयर भएकाले बेलाबेलामा यस्तो हुने उनले जानकारी दिइन्।
मंगलबार, जेठ १२, २०८३
अस्पतालमा एमआर भिजिट प्रतिबन्ध: १० हजार बढी युवाको भविष्य र राष्ट्रिय संकटको पदचाप
अस्पतालहरूमा बिरामीको चाप र सेवा प्रवाहलाई व्यवस्थित गर्नु व्यवस्थापनको दायित्व हो, तर त्यसको समाधान एमआरहरूलाई प्रतिबन्ध लगाउनु कदापि होइन। समस्या प्रविधि र व्यवस्थापनको अभावमा छ, एमआरको उपस्थितिले गर्दा होइन।
मंगलबार, जेठ १२, २०८३
चिकित्सकको व्यथा, बालेन सरकारलाई के थाहा?
राजाको प्रत्यक्ष शासन, बहुदल र गणतन्त्रमा समेत खुलेर बोल्ने अवस्था थियो। तर, अहिले बालेन-रास्वपा सरकार र निजहरूका उग्र समर्थकको आक्रमणको डरले कोही बोल्न सकेको छैन। हजारौँ चिकित्सक सरकारको कदमबाट मानसिक पीडा र निराशा पालेर हिँड्न बाध्य छन्।
मंगलबार, जेठ १२, २०८३
अर्को व्यवस्था नभएसम्मका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन्। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन्।
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यका उच्च अधिकारीहरूको सम्पत्ति छानबिन हुँदै
मन्त्रालयले जारी गरेको पत्रमा आर्थिक वर्ष २०४८ भन्दा अगाडि सेवा प्रवेश गरी आव २०६२/०६३ पछि अवकाश भएका कर्मचारीहरूको हकमा समेत विवरण उपलब्ध गराउन भनिएको छ। सम्पत्ति विवरण सङ्कलन, छानबिन र प्रतिवेदन गर्ने प्रयोजनका लागि आयोगको पत्रबमोजिम यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
मंगलबार, जेठ १२, २०८३
डा भगवान कोइराला नेतृत्वको बाल अस्पतालमा सरकारी सरह ओपिडी र शल्यक्रिया सेवा
सञ्चालनको छोटो अवधिमा नै हालसम्म अस्पतालले ७५ भन्दा बढी मेजर शल्यक्रिया र ३ वटा ओपन हार्ट सर्जरीसमेत सम्पन्न गरिसकेको छ। हाल दैनिक ३० देखि ३५ जना बिरामीहरू ओपिडीमा आउने गरेका छन्।
मंगलबार, जेठ १२, २०८३
कंगोमामा इबोला प्रकोप गम्भीर बन्दै: ९०० भन्दा बढीमा संक्रमणको शंका
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिरहेको बताएका छन्। उनका अनुसार हालसम्म ९०० भन्दा बढी शंकास्पद इबोला संक्रमित फेला परिसकेका छन् भने १०१ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, जेठ १२, २०८३
दुर्व्यवहारपछि कटारी अस्पताल सुधार गर्ने डा. गौरव साहले छाडे अस्पताल
'यस वर्षको अन्तिम कामका रूपमा ब्लड बैंकको ठेक्का निस्किसकेको छ र म अत्यन्त हर्षित छु,' उनले लेखेका छन्। उनले आफ्नै छोराको जन्म आफूले सुरु गरेको अप्रेसन कक्षमा गराएको र छोरीलाई कटारीकै सामुदायिक विद्यालयमा पढाउने अवसर पाएको स्मरण गर्दै कटारीलाई सधैं आफ्नो घर मानेको बताएका छन्।
मंगलबार, जेठ १२, २०८३
स्वास्थ्यकर्मीको लागि: कानून छ, न्याय छैन
अचम्मको कुरा के छ भने जब कुनै जटिलताले बिरामीको ज्यान जान्छ, भीडले स्वास्थ्यकर्मीलाई नै दोषी करार गर्छ। नेपाल मेडिकल काउन्सिलमा लापरवाही सम्बन्धी स्पष्ट व्यवस्था भए पनि अस्पतालमा गाली र बेइज्जती सहन बाध्य हुनुपर्छ। नेपालमा दर्ता चिकित्सकहरूमा गरिएको अध्ययनमा ४७ प्रतिशतले कुनै न कुनै प्रकारको कार्यस्थल हिंसा अनुभव गरेका छन्। ८१ प्रतिशत शारीरिक हिंसा र ६८ प्रतिशत मौखिक दुर्व्यवहारका घटनामा बिरामीका आफन्त नै दोषी देखिएका थिए। तर शारीरिक हिंसा पीडितमध्ये केवल २३ प्रतिशत र मौखिक दुर्व्यवहार पीडितमध्ये केवल ७ प्रतिशत केसमा मात्र कारवाही भएको थियो।
मंगलबार, जेठ १२, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: निःशुल्क एम्बुलेन्सदेखि टेलिमेडिसिन, क्यान्सर–किड्नी उपचार सहुलियतसम्म प्राथमिकता
प्रदेश सरकारले “नेपाल आरोग्य वर्ष २०२७” अन्तर्गत नागरिकको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य प्रवर्द्धनका लागि योग, ध्यान, खुला व्यायामशाला तथा खेलकुद कार्यक्रमलाई अघि बढाउने भएको छ। मानसिक स्वास्थ्य सुधारका लागि विशेष अभियान र रणनीतिक कार्ययोजना लागू गरिने उल्लेख छ।
सोमबार, जेठ ११, २०८३
रेजिडेन्ट चिकित्सकको ड्युटी रोस्टर सुधार गर्न मेडिकल काउन्सिलको शिक्षण अस्पतालहरूलाई निर्देशन
काउन्सिलले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार (स्वास्थ्य मन्त्रीस्तर) बाट स्वीकृत ‘पीजी मेडिकल एजुकेसन रेगुनलेसन-२०१७’ अनुसार सामान्यतया रेजिडेन्टलाई हप्तामा बढीमा दुई पटक मात्र २४ घण्टाको ड्युटीमा खटाउन सकिने व्यवस्था रहेको स्मरण गराइएको छ। सो व्यवस्थाविपरीत लगातार लामो ड्युटी लगाउनु उपयुक्त नहुने काउन्सिलको भनाइ छ।
सोमबार, जेठ ११, २०८३
चिकित्सा शिक्षामा सरकारी हस्तक्षेपविरुद्ध डा. गोविन्द केसीको आक्रोश, सत्याग्रहको चेतावनी
अध्यादेशमार्फत सबै उच्च पदाधिकारीहरू हटेका कारण चिकित्सा शिक्षा आयोग हप्तौंदेखि नेतृत्वविहीन भएको मौका छोपेर सरकारले ऐन र नियम मिच्ने काम गरेको उनले उल्लेख गरेका छन्।
सोमबार, जेठ ११, २०८३
किन सबै प्रयोगशालाको रिपोर्ट एउटै हुँदैन? जनस्वास्थ्यका लागि महत्वपूर्ण सन्देश
प्रयोगशाला परिणाममा देखिने भिन्नता केवल ल्याबोरेटरी एरर (प्रयोगशाला त्रुटि) मात्र नभई जैविक कारण (बायोलोजिकल कज) ले पनि हुन्छ। एउटै व्यक्तिमा समय, आहार, उमेर, लिङ्ग र शारीरिक अवस्थाले नतिजा फरक पार्न सक्छ। नमुना पहिचान, ढुवानी, भण्डारण र परीक्षण विधिको भिन्नताले पनि परिणाम प्रभावित गर्छ। यसरी, प्रयोगशाला परिणाम फरक हुनु कुनै एक मात्र कारणले नभई बहु–कारकीय (मल्टिफ्याक्टोरियल) प्रणालीगत प्रक्रिया हो, जसमा मानव, जैविक र प्राविधिक सबै पक्षहरू समावेश हुन्छन्।
सोमबार, जेठ ११, २०८३
Previous
5
6
7
8
9
Next
सर्च गर्नुहोस्
×
Search