काठमाडौं- रसुवाको बाढी प्रभावित क्षेत्र लिङलिङमा विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको छ।
नेपाली सेनाका कुलदीप त्रिपाठीको कमान्डमा राष्ट्रिय ट्रमा सेन्टरका एमडिजिपी डा. सरोज गोहिवार र डा. राजीव खड्कासहितको टोलीले गोसाइँकुण्ड गाउँपालिका-५, लिङलिङका बाढी प्रभावितहरूलाई स्वास्थ्य उपचार सेवा दिएको हो।
विशेषज्ञ टोलीले लिङलिङका करिब ५० जना स्थानीयलाई प्रत्यक्ष उपचार तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको छ। उपचारका क्रममा विपत्तिपछि मानिसहरूमा डर र त्रास पैदा भएकाले धेरैजसोमा 'पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर' अर्थात् मानसिक आघातको समस्या देखिएको डा. गोहिवारले जानकारी दिए।
यसका साथै पुराना बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह र घुँडा दुख्ने जस्ता स्वास्थ्य समस्या बढी पाइएको थियो।
बाढी प्रभावित क्षेत्रमा दूषित पानीका कारण झाडापखाला र हैजाजस्ता महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै चिकित्सक टोलीले स्थानीयवासीलाई सरसफाइ तथा सजगताबारे सचेत गराएको छ। साथै, टोलीले खानेपानी शुद्धीकरण गर्ने औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीहरू समेत वितरण गरेको छ।
-1788177482.jpeg)
-1788177481.jpeg)
-1788177481.jpeg)