काठमाडौं - भोटेकोसी बाढीमा परी घाइते भएकामध्ये त्रिशूली अस्पतालमा हाल एक जना मात्रै उपचाररत रहेका छन्। उनको अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाका अनुसार बाढीमा परी घाइते भएका १७ जनालाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तीमध्ये एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
त्यस्तै, १४ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्। डा लामाका अनुसार अस्पतालमा भोटेकोसी बाढीबाट प्रभावित घाइतेको उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।