काठमाडौं — यतिकेम ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख रुपैयाँ सहयोग गरेको छ।
यतिकेम ग्रुपका कार्यकारी अध्यक्ष प्रभु वैद्यले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिए। अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रशम प्रदान गरिएको हो ।
वैद्यले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए। विपद्को समयमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।
उनले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।