काठमाडौं- त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्त भएका छन्। त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा प्रा.डा अन्जना सिंह र रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएका छन्।
उनीहरुलाई आजै शिक्षा मन्त्रालयमा नियुक्तिपत्रका लागि बोलाइएको छ।
रिक्त पदमा यसअघि निमित्त रजिस्ट्रारमा प्रा.डा. महानन्द चालिसे र रेक्टर प्रा.डा. शंकर खनाल थिए।