चितवन - खैरहनी नगरपालिका, चितवनका ३३ जना महिला स्वास्थ्य स्वयंसेविका (मस्वासे) ले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहतका लागि ३९ हजार ३ सय ६५ रुपैयाँ सहयोग गरेका छन्।
स्वयंसेविकाहरूले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी सहयोग गरेको महिला स्वास्थ्य स्वयंसेविकाहरूले बताएका छन्।
समुदायस्तरमा स्वास्थ्य सेवा र जनचेतनामा निरन्तर खटिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूले विपद्का बेला मानवीय सहयोगमा समेत अग्रसरता देखाएका हुन्।
