काठमाडौं- स्वास्थ्य बीमा बोर्डले २०८२ साल चैत मसान्तसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने सबै भुक्तानी सम्पन्न गरेको जनाएको छ।
बोर्डका अनुसार २०८२ साल चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको हो।
यससँगै २०८२ सालसम्म स्वास्थ्य बीमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गर्नुपर्ने भुक्तानी पूर्ण रूपमा फर्छ्योट भएको बोर्डले जनाएको छ।
अघिल्लो वर्षसम्मको बक्यौता भुक्तानी सम्पन्न भएसँगै स्वास्थ्य बीमा कार्यक्रम पुनः नियमित लयमा फर्किने अपेक्षा गरिएको छ।