मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Sun, Jan 25, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य बीमा रोगको उपचारका लागि हो, रोग छ कि भनेर हेर्न होइन
तेस्रो, अहिले अस्पतालमा व्यक्ति जान्छ । ऊ बिरामी भएर होइन, बिरामी छु कि छैन भनेर स्क्रिनिङ गर्न जान्छ । स्वास्थ्य बीमा भनेको बिरामी भएपछि उपचार खर्च अभावमा प्रयोग गर्ने हो । जो बिरामी भएको छैन, उसले तिरेको समेत गरेर बिरामीमा खर्च गर्ने हो । अहिले बीमा बिरामीको उपचारमा बीमा हुनुपर्नेमा रोग पहिचानमा प्रयोग हुने गरेको पाइन्छ। अस्पतालले गर्ने ‘होलबडी चेकअप’ वा स्क्रिनङिलाई रोक्नुपर्छ।
शनिबार, चैत २, २०८१
नेपालको स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा ठूलो असमानता छ
जब मैले ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे २०२२’ केलाएँ । मैले यी अठोट र लक्ष्यमा चुनौती महशुस गरें । किनभने त्यो सर्वेबाट प्राप्त तथ्यांकले भन्छन्– स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा गहिरो खाडल छ।
शनिबार, चैत २, २०८१
आधारभूत उपचार र बीमाबाट हुने उपचार छुट्याउपर्छ
स्वास्थ्य बीमामा रिफर गरिएका थोरै बिरामीहरुलाई मात्रै लिन सक्ने अवस्था हुन्थ्यो । यसले स्वास्थ्य बिमाको बोझ घटाउँथ्यो। अर्कातिर आधारभूत स्वास्थ्य निशुल्क भनिएपनि स्वास्थ्य बीमामा प्रिमियम तिरेर नागरिकले लिइरहेका छन्।
शनिबार, चैत २, २०८१
अहिलेकै बीमा प्याकेज चलाउन प्रिमियम ८ हजार पुर्याउनुपर्छ
स्वास्थ्य बिमालाई दिगो बनाउनका लागि ३५ सय प्रिमियमलाई बढाउनुपर्छ । स्वास्थ्य बीमा ऐनमा औपचारिक क्षेत्र अनिवार्य समेटिनुपर्ने र आम्दानीका आधारमा प्रिमियम तोक्नुपर्ने उल्लेख छ। त्यसलाई कार्यान्वयन गर्नुपर्छ । सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष आदिबाट पनि त्यही काम भइरहेकाले दोहोरोपन हटाउनुपर्छ।
शनिबार, चैत २, २०८१
जनशक्ति दैनिक ५ हजार दाबी हेर्न सक्ने छ, दाबी ४० हजार आउँछ
प्रत्येक महिना २ अर्ब रुपैयाँ स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने अवस्था छ । बीमा बोर्डले करारमा राखेका कर्मचारीको दायित्व के हो भन्ने स्पष्ट पारिएको छैन । स्वास्थ्य बीमा बोर्डको कार्यालय भाडामा छ । बीमा बोर्डले वार्षिक २ करोड ७३ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ । यस्ता यस्ता कुराहरुले पछिल्लो समय बीमा बोर्डलाई समस्यामा पारेको हो । हालको प्रमुख समस्या भनेकै भुक्तानी हो।
शनिबार, चैत २, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
बिमाको आकारलाई ठुलो बनाउँदा पैसा धेरै लाग्छ । ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायत लक्षित वर्गको प्रिमियम सरकारले तिर्ने हुँदा बिमा कोष बढ्दै जान्छ । बिमा गर्ने तर प्रिमियम नतिर्ने ७० प्रतिशतका कारण स्वास्थ्य बिमा असफलतातर्फ उन्मुख भएको हो।
शनिबार, चैत २, २०८१
जग्गा कब्जाको आरोपपछि डाक्टर केदारले भने– चरित्र हत्या गर्न खोजियो, कानुनी उपचार खोज्छु
शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केसीले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका हुन्।
शनिबार, चैत २, २०८१
बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी
बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए।
शनिबार, चैत २, २०८१
जनस्वास्थ्यमा हैजाको प्रभाव
हरेक घटनाबाट पाठ सिक्नु पर्दछ। हैजाले हामीलाई आधुनिक जनस्वास्थ्यका संकटहरु बुझ्न र उचित व्यवस्थापन गर्नको लागि अनुपम ज्ञान दिएको छ। रोगको निगरानी, अनुसन्धानमूलक खोज र सही आपतकालिन अवस्थालाई सम्बोधन गर्न स्पष्ट रुपले जानकारी दिन आवश्यक हुन्छ। यसले गर्दा, विश्वसनीयताको वातावरण सिर्जना भएर आवश्यक समन्वयमा सहज हुन्छ।
शनिबार, चैत २, २०८१
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा तिवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही कर्मचारीको सरुवा भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक परिवर्तन गरेका हुन्। मन्त्री पौडेलले केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीलाई जिम्मेवारी दिएका छन्। केन्द्रमा निर्देशक रहेका डा प्रज्वल श्रेष्ठलाई वीर अस्पतालमा पठाइएको छ।
शुक्रबार, चैत १, २०८१
बालरोग विशेषज्ञमा कहलिएका डा बाराकोटी: ल्याब टेक्निसियनदेखि महानिर्देशकसम्म
डा बाराकोटीले यो अवसरलाई आफूले २५ वर्षसम्म स्वास्थ्य सेवामा रहेर गरेको योगदानको स्वभाविक प्रतिफल रुपमा लिएका छन्। किनभने उनी पदका लागि जुन हदसम्म पनि जानसक्नेमध्येमा पर्दैनन्। अनौपचारिक कुराकानीमा उनले बताइरहन्छन्, 'मलाई ११ औं तहमा भएका बेला कामु महानिर्देशक बन्ने अफर थियो। मन्त्रालयको महाशाखा प्रमुख भएर आउन भनिएको थियो। तर, आफूलाई सहज परेका बेला एक ठाउँ गइन्छ, असहज हुँदा फालिन्छ। त्यसैले मैल मानिनँ। १२ औं तह भएपछि मात्रै काठमाडौं आएँ।'
शुक्रबार, चैत १, २०८१
माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी
इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो।
शुक्रबार, चैत १, २०८१
परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा सरोजा पाण्डे नियुक्त
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त भएकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रुपमा सेवा गरेकी डा पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, चैत १, २०८१
स्वास्थ्य बिमा बाेर्डमा कार्यकारी निर्देशककाे जिम्मेवारी सम्हाल्दै डा काफ्लेले जनाए ४ प्रतिबद्धता
निमित्त कार्यकारी निर्देशक डा सराेज शर्माले अबिरबाट उनलाई बाेर्डमा स्वागत गरे। उनले निमित्त कार्यकारी निर्देशककारूपमा राम्राे गर्ने काेशिस गरेकाे बताए। स्वास्थ्य बिमाप्रति आमजनकाे भराेसा बढेकाे बताउँदै त्यसका लागि उपयुक्त व्यक्ति बाेर्डले प्राप्त गरेकाे उनकाे भनाइ छ।
शुक्रबार, चैत १, २०८१
रक्षा क्यान्सर केयर सोसाइटीले मनायो क्यान्सर बिजेताहरुसँग होली
समाजमा क्यान्सर भन्ने बित्तिक्कै निको हुन्न भन्ने सोचाइ रहेको अवस्थामा यस्तो सोचलाई चिर्दै क्यान्सरको उपचार हुन्छ र समयमा उपचार भएमा निको हुन्छ भन्ने सन्देश दिन क्यान्सर बिजेताहरुसँग सोसाइटीले होली मनाएको संस्थाकी अध्यक्ष स्त्री क्यान्सर रोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिइन्।
शुक्रबार, चैत १, २०८१
डा टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदबहाली
स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। डा बाराकोटी स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रुपमा चिनिन्छन्। उनी मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन्। त्यसपछि लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन्।
शुक्रबार, चैत १, २०८१
सन् २०२४ मा जम्मा सात देशले पूरा गरे डब्लुएचओको वायु गुणस्तर मापदण्ड
आइ.क्यु एअरका विश्वव्यापी सी.ई.ओ फ्राङ्क हाम्स भन्छन्, ‘वायु प्रदूषण मानव स्वास्थ्य र वातावरणीय स्थिरताका लागि गम्भीर खतरा बनेको छ, तर अझै पनि विश्वका धेरै मानिसहरू आफू सास फेर्ने वायुको गुणस्तरबारे बेखबर छन्।'
शुक्रबार, चैत १, २०८१
आम्सा नेपालले थाल्यो 'प्रोजेक्ट आरोग्य', पहिलो चरणमा नुवाकोटको बेल्कोटगढीमा निःशुल्क स्वास्थ्य शिविर
सोही नगरपालिका स्थित चिम्टेस्वर महादेवको मन्दिर अगाडि तीन दिन नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। जसमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुले सामान्य स्वास्थ्य परीक्षण, स्त्रीरोग सम्बन्धी, हाडजोर्नी सम्बन्धी, नाक, कान, घाँटी सम्बन्धी, आँखा जाँच, दाँतको जाँच र पेटको भिडियो एक्सरेलगायत गरेका थिए।
शुक्रबार, चैत १, २०८१
सर्लाही मलंगवाका १९ अस्पताल अनुगमन गरिएकोमा १५ वटा अवैध
मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनमा पुगेपछि बजारमा रहेका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक सञ्चालक बन्द गरी सम्पर्कविहिन भएका थिए। ।
शुक्रबार, चैत १, २०८१
जोमसोममा शल्यक्रिया मार्फत प्रसूति सेवा पुन: सुरु
१९ महिनापछि बुधबार शल्यक्रिया मार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो पाँच सय ग्राम तौल भएको बच्चा जन्मिएको छ।
शुक्रबार, चैत १, २०८१
युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ
गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना दर्ता भएका थिए भने ३८ जनाको मृत्यु भएको थियो।
शुक्रबार, चैत १, २०८१
नोभा जेनेटिकाको पेनगेन ट्याबलेट बजारबाट फिर्ता लैजान निर्देशन
पेनगेन ट्याबलेटको ब्याच नम्बर पीएएन १२० को औषधि न्यून गुणस्तर पाइएकाले यसको सेवन नगर्न विभागले सबैमा आग्रह समेत गरेको छ।
बिहीबार, फागुन २९, २०८१
कस्तो रंगले छालालाई बढी असर? होलीमा रंग खेल्नुअघि र पछि के कुरामा ध्यान दिने?
होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। यी सावधानी अपनाउदा अपनाउदै पनि छालामा कुनै समस्या वा एलर्जीको समस्या देखिए चिकित्सकसँग सल्लाह लिएर उपचार गराउन सकिन्छ।
बिहीबार, फागुन २९, २०८१
बालबालिकाको सुरक्षाका लागि होली खेल्दा अपनाउनुपर्ने पाँच सावधानी
बालबालिकाका लागि प्राकृतिक रंग प्रयोग गर्ने, छाला र कपालमा तेल लगाउने, सुरक्षाका लागि उचित कपडा लगाउने, आँखाको सुरक्षा गर्ने, र बच्चाहरूलाई एक्लै नछोड्ने जस्ता सावधानीहरू अपनाएमा यो पर्व झनै रमाइलो र सुरक्षित हुनेछ ।
बिहीबार, फागुन २९, २०८१
मिर्गौला रोग लाग्नै नदिन के गर्ने?
बालबालिकामा मिर्गौला रोग लाग्ने विभिन्न कारणहरू हुन्छन्। कोही जन्मदै मिर्गौलामा समस्या लिएर जन्मेका हुन्छन्। बालबच्चाहरूको मिर्गौला कति स्वस्थ हुन्छ भन्ने निर्णय आमाको गर्भमा हुँदादेखि नै हुन्छ।
बिहीबार, फागुन २९, २०८१
धन्न ! बाँचेर फर्कियो कान्छी! [संस्मरण]
एकै ठाउँमा बहुउपचार पद्धतिको संरचना अघि सारिएकोमा ज्यादै खुसी लाग्यो। यसका साथै सर्वसाधारण जनताहरूलाई पनि उपचार गर्न सहज होस् भन्ने उद्देश्य राखेर विभिन्न काम गर्ने योजना तयार पारिएको रहेछ। यसका साथै बिरामी भेट्न जानेहरूले अन्य सामानको इच्छाअनुसार नगद रकम दिएर ‘गेट वेल सुन’ कार्ड लिनुपर्ने व्यवस्था गरिएको रहेछ। जसद्वारा बिरामीको उपचार खर्चमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको देखेर औधी खुसी लाग्यो।
बुधबार, फागुन २८, २०८१
निजामती अस्पतालको निर्देशकमा डा मोहनचन्द्र नियुक्त
बुधबार, फागुन २८, २०८१
चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय
सरकारले चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीनले एम्बलेन्स प्रयोजनका लागि दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २८, २०८१
माटोको ढिस्को खसेर हुम्लामा एकको मृत्यु, चार घाइते महिलालाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो
बुधबार बिहान हुम्लाको सर्केगाड गाउँपालिका रोडीकोटमा घर पोत्ने माटो लिन ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना महिला घाइते भएका छन्।
बुधबार, फागुन २८, २०८१
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए।
बुधबार, फागुन २८, २०८१
Previous
79
80
81
82
83
Next
सर्च गर्नुहोस्
×
Search