काठमाडौं - नेपाल रेडियोलोजिस्ट एशोसिएसनले ३१ औँ स्थापना दिवस मनाएको छ। एशोसिएसनले वृक्षारोपण कार्यक्रम गर्दै आफ्नो ३१ औँ स्थापना दिवस मनाएको हो।
वृक्षारोपण कार्यक्रमले जनस्वास्थ्य र वातावरणीय सन्तुलनप्रति आफुहरुको प्रतिवद्धता झल्काएको एशोसिएसनका अध्यक्ष डा तेजेन्द्र कार्कीले बताए। वृक्षारोपण कार्यक्रम इटहरी, पोखरा, भरतपुर, वीरगन्ज, काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा गरिएको एशोसिएसनले जनाएको छ।
आधुनिक प्रविधिमैत्री रेडियोलोजी सेवा देशभर विस्तार गर्ने, रेडियोलोजिस्टहरूको पेशागत अधिकार र हितको संरक्षण गर्ने तथा सेवाको समान पहुँच सुनिश्चित गर्न निरन्तर सक्रिय रहने एशोसिएसनले प्रतिवद्धता व्यक्त गरेको छ।