चितवन - गत २४ घण्टामा चितवनमा २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। खैरहनी नगरपालिकामा २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
यो सँगै चितवनमा स्क्रब टाइफस संक्रमितको संख्या ४३५ पुगेको छ। हालसम्म ६ हजार ३४३ जनाको परीक्षण हुँदा ४३५ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म भरतपुर महानगरपालिकामा ३०, खैरहनी नगरपालिकामा ७८, माडीमा ५, रत्ननगरमा १३१, राप्तीमा ४६, कालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा ७ जना संक्रमित भेटिएका छन्।