अंकिता अग्रवाल नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसको कलेज अफ मेडिसिनमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छिन्। उनले गोल्डेनगेट इन्टरनेसनल कलेजबाट उच्च माध्यमिक शिक्षा हासिल गरेकी हुन्।
अध्ययनका साथै समाजसेवामा समेत रुची राख्ने अंकिता लायन्स क्लब, गान्धी इन्टरनेसनल मिसन नेपाल, युरोपियन मेडिकल स्टुडेन्ट नेपालमा समेत आबद्ध छिन्। धेरैभन्दा धेरैलाई सहयोग गर्न चाहने उनी भन्छिन्- 'जीवन इसिजी पेपर जस्तै रंगीन छ। यसमा सुख, दुःख, खुसी र प्रेमको रंगको मिश्रण छ।'
उनी भविष्यमा गाइनोकोलोजिस्ट बनेर महिला दिदीबहिनीको सेवा गर्न चाहन्छिन्। उनी भन्छिन्, ‘महिलाहरु रोगमुक्त होऊन् भन्ने चाहन्छु, किनभने महिला रोगमुक्त हुनु भनेको परिवार नै स्वस्थ हुनु हो।’
आफू पनि महिला भएकाले नेपाली समाजमा महिलाले पाउने दुःख, पीडा र समस्या महसुस गरेको उनी बताउँछिन्। छोरी भएर जन्मिनु बोझ होइन, भगवानको आशीर्वाद हो भन्ने प्रमाणित गर्ने उनको अठोट छ।




