डा अस्मिता अर्यालले काठमाडौं मेडिकल कलेजबाट हालै एमबिबिएस उत्तीर्ण गरेकी हुन् । इन्टर्नसिप गरिरहेकी डा अर्यालले काठमाडौंको भिएस निकेतनबाट एसएलसी र सेन्ट जेभियर्सबाट १२ कक्षाको अध्ययन पूरा गरेकी हुन् ।
चिकित्सा क्षेत्रबाहेक उनको रुची कविता लेखनमा पनि छ । नेपाली र अंग्रेजी दुवै भाषामा कविता लेख्ने गरेको बताउने डा अर्यालले स्कुल स्तरका प्रतियोगितामा पुरस्कार समेत जितेकी थिइन् । यसबाहेक उनको घुमघाममा पनि उत्तिकै रुची छ ।


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।