कक्षा १ देखि १० सम्म स्कुल टपर डा. सुनिता धन्छा सानैदेखि तीक्ष्ण बुद्धिकी थिइन्। स्कुले जीवनदेखि नै डाक्टर बन्ने सपना देखेकी सुनितालाई नृत्य, गायन, कविता तथा निबन्ध लेखनका साथै समाजसेवामा पनि रुचि छ।
नोबेल मेडिकल कलेज, विराटनगबाट एमबिबिएस पूरा गरेकी सुनिताले त्यहाँ मिस फ्रेसर– २००९ को उपाधि समेत हात पारेकी थिइन्। भक्तपुर तौलाछेंकी स्थानीय बासिन्दा २५ वर्षीया सुनिता एक वर्षदेखि काठमाडौं क्यान्सर केयर सेन्टरमा कार्यरत छिन्। क्यान्सर क्षेत्रमै विशेषज्ञता हासिले गर्ने उनको भविष्यको लक्ष्य छ।



