विराटनगर निवासी २४ वर्षीया डा नेजिना रिजालले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेकी हुन्। भविष्यमा गाइनोकोलोजिस्ट बन्ने सपना पालेकी नेजिनाले विद्यालयस्तरीय शिक्षा डिएभी स्कुल विराटनगरबाट पूरा गरेकी हुन्। उनले प्लस टु भने विराटनगरको अरनिको कलेजबाट पास गरेकी थिइन्।
खेलकुद मन पराउने नेजिना बास्केटबल र फुटबल खेल्न रुचाउँछिन्। उनी फुर्सदमा कविता लेख्छिन् र उपन्यास पढ्छिन्। नाच्न निकै मन पराउने उनलाई पेन्टिङ गर्न पनि मनपर्छ। विद्यालयमा सबै किसिमको बाहिरी क्रियाकलापमा सहभागी हुने नेजिनाले त्यसका लागि पुरस्कारसमेत हात पारेकी छिन्।



