ललितपुरको सिद्धिपुरनिवासी २५ वर्षीया भृकुटी महर्जन एसियन फर्मास्युटिकल्समा मेडिकल रिप्रिजेन्टेटिभ्स हुन् । सिद्धिमंगल उच्च माविबाट एसएससी उत्तीर्ण गरेकी उनमा पहिलेदेखि नै मार्केटिङ फिल्डमा रुचि थियो । यही रुचिका कारण श्रमिक शान्ति क्याम्पस भर्ना भएकी उनले त्यहीँबाट बिबिएसपूरा गरिन् । त्यसपछि तीनमहिने तालिम लिएर मेडिकल रिप्रिजेन्टेटिभ्स बनिन् । यसमा आबद्ध भएर काम गरेको साढे दुई वर्ष भएको छ । घुम्न,किताब पढ्न मन पराउनेभृकुटीलाई गायनमा पनि सोख छ ।


