वीरगञ्जमा जन्मिएकी गरिमा खड्काले हेटौंडाको बिएस निकेतन स्कुलबाट एलएससी उत्तीर्ण गरेकी हुन्। मकवानपुर मल्टिपल कलेजमा प्लस टु पढेकी उनले चितवन मेडिकल कलेजबाट बिडिएस गरिन्।
गरिमालाई बिरामीको सेवा गर्नबाहेक खेलकुदमा रुचि छ। त्यसमा पनि भलिबल र बास्केटबल उनलाई मनपर्ने खेल हुन्। फुर्सदमा यी खेल खेल्न रुचाउने गरिमा हाल निजामति अस्पताल मीनभवनको दन्त रोग विभागमा डेन्टल सर्जनका रुपमा कार्यरत छिन्।


