भक्तपुरमा जन्मिएकी डा सनिषा प्रजापतिले एसएलसीसम्मको पढाइ भक्तपुरकै एभरेस्ट इङ्लिस स्कुलबाट गरेकी हुन्। प्लस टुको अध्ययन ललितपुरस्थित मुन लाइट उच्च माध्यमिक स्कुलबाट गरेकी सनिषाले एबिबिएसको पढाइ भने फिलिपिन्सको इमिलियो एगुनाल्डो कलेज मनिलाबाट पूरा गरिन्।
फिलिपिन्सकै मनिला मेडबाट एक वर्ष इन्टनसिप गरेकी उनले त्रिभुवन शिक्षण अस्पताल टिचिङमा एक वर्ष एनेस्थेसिया डिपार्टमेन्टमा काम गरिन्। खेलकुदमा बढी रुचि राख्ने सनिषालाई ब्याडमिन्टन र बास्केटबल खेल्न मन पर्छ। अहिले उनी पिजी कक्षाको तयारीमा लागेकी छन्।


