काठमाडौं नयाँबानेश्वर निवासी डा सह्राना उप्रेती यतिबेला विशेषज्ञ तह अध्ययनका लागि तयारीमा जुटेकी छिन् । काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस उत्र्तीण उप्रेती मेडिसिनमा विशेषज्ञता हासिल गर्ने योजानमा छिन् । उनले आफ्नो विद्यालय शिक्षा सेन्ट मेरिज स्कुलबाट गरेकी हुन् । अध्ययनसँगै उनलाई नृत्य, घुमघाम र खाना पकाउनुमा विशेष रुची छ ।



