Swasthya Khabarpatrika
सर्च नतिजा
'अन्तिम तह'को आवाज राष्ट्रिय नीतिसम्म जोड्न बाजुरादेखि काठमाडौंसम्म डिजिटल हेल्थ सम्मेलन हुने
'अन्तिम तह'को आवाज राष्ट्रिय नीतिसम्म जोड्न बाजुरादेखि काठमाडौंसम्म डिजिटल हेल्थ सम्मेलन हुने कार्यक्रमको आयोजना बाजुराका बडिमालिका, बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकासहित सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य खबर फाउन्डेसन र स्मार्ट हेल्थ ग्लोबलले संयुक्त रूपमा गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै  बडिमालिका नगरपालिकाका मेयर अमर खड्काले डिजिटल हेल्थ दुर्गमका नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्ने महत्वपूर्ण कडी हुनुपर्ने बताए।  उनले भने, 'डिजिटल हेल्थ अन्तर्गत टेलिमेडिसिनबाट हामी दूरदराजका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने प्रयास गरिरहेका छौं। तर दुर्गम क्षेत्रमा सेवा दिँदा स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले धेरै कठिनाइ भोगिरहेका छन्। हाम्रो प्रयास र सरकारको नीति तथा प्राथमिकताबीच रहेका अवरोधबारे यो सम्मेलनमा खुला छलफल हुनेछ।' बिहीबार, वैशाख ३१, २०८३